Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1517




सुर्खेतदेखि लुकीछिपी जलजला आएका ४ जनालाई क्वारेन्टाइनमा राखियो
सुर्खेतदेखि लुकीछिपी जलजला आएका ४ जनालाई क्वारेन्टाइनमा राखियो

जेठ १३, पर्वत लकडाउनको समयमा पनि लुकिछिपी पैदल हिँडेर सुर्खेतदेखि पर्वत आएका जलजला- धाईरिङका चारजना व्यक्तिहरूलाई गाउँपालिकाले आज क्वारेन्टाइनमा राखेको सुर्खेतबाट लुकीछिपी दिन लगाएर उनीहरु आजमात्रै जलजला आइपुगेका हुन् आएका सबै एकै परिवारका सदस्य रहेको बुझिएको गाउँपालिकाले खटाएका स्वयंसेवकहरूले उनीहरूलाई गाउँ प्रवेश गर्ने क्रममा मंगलबार नियन्त्रणमा लिएका थिए

 

देशभर कोरोनाको जोखिम बढ्दै गएपछि त्यसको संभावित खतराबाट बच्न जलजला गाउँपालिकाले गाउँ प्रवेश गर्ने हरेक व्यक्तिहरूको निगरानीका लागि विगत तीनसाता देखि गाउँपालिकाका वटै वडामा स्वयंसेवक परिचालन गरेको त्यसैगरि कोरोनाको आशंकामा पिसिआर परिक्षण गरिएका थप एकजनालाई समेत क्वारेन्टाइनमा राखिएको देशभर कोरोनाको संक्रमण बढ्दै गएकोले गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जानकारी दिनुभयो यो महामारीबाट बच्नका लागि हामी आफैले साबधानी अपनाउनुको विकल्प छैन, त्यसैले गाउँ प्रवेश गर्ने सबै नागरिकमाथि निगरानी बढाइएको ’–अध्यक्ष मल्लले भन्नुभयो

 

गाउँपालिकाले जलजला मोहनचोकस्थित लुङ्दी आधारभूत विद्यालयमा २० बेडको क्वारेन्टाइन निर्माण गरेको उक्त क्वारेन्टाइनलाई सुविधा सम्पन्न बनाउने तयारी भएको अध्यक्ष मल्लले वताउनु भयो

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)