Author
ParbatNepal

Contributor, ParbatNepal

7 years ago

2053




इङ्गल्याण्ड राज्य समितिको सदस्यमा लायन्स अध्यक्ष प्रकाश न्यौपानेको उम्मेदवारी
इङ्गल्याण्ड राज्य समितिको सदस्यमा लायन्स अध्यक्ष प्रकाश न्यौपानेको उम्मेदवारी

पर्वत–गैरआवासिय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । गैर आवसिय नेपाली संघ यूकेको बर्ष १९ देखी २१ को कार्यसमिति चयनको लागि यहि सेप्टेम्बर १४ तारिख निर्वाचन हुँदै छ । निर्वाचन नजिकिँदै गर्दा लायन्स क्लव अफ लण्डन हेन्डनका अध्यक्ष प्रकाश न्यौपानेले आफ्नो उम्मेदवारी दिनुभएको छ ।

 न्यौपानेले इङ्गल्याण्ड राज्य समितिको सदस्य पदमा आफ्नो उम्मेद्बारी दिनुभएको हो । पर्वत जिल्ला बिहादी गाउँपालिका–२ बराचौरमा जन्मिनुभएका न्यौपाने पर्वत वेलफेयर सोसाइटी युकेको वर्तमान सचीव एवम् प्रवक्ता हुनुहुन्छ । पश्चिम लण्डनको हेयजमा परिवार सहित बस्नुहुने उहाँ एक दशक भन्दा बढी बेलायतमा बस्दै आउनु भएको छ ।

 साथै उहाँले नेपाल भ्रमण बर्ष २०२० प्रवद्र्धन गर्न नेपाली राजदुतावास बेलायतले न्यौपानेलाई सामाजिक संजाल समन्वयन परिषदमा सचीवको जिम्मेवारी दिएको छ । स्वच्छ छवि भएका न्यौपानै प्रखर वक्ताको रुपमा परिचित हुनुहुन्छ । पर्वत नेपाल सँग कुराकानी गदै न्यौपानेले निर्वाचित हुने उच्च पदाधिकारी लाई निर्वाचन अगाडि गरेका प्रतिबद्धता कार्यन्वयन गनर्, जानकारी गराउन र समयमा समापन गराउन आफ्नो उम्मेद्बारी दिएको बताउनु भयो ।

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)