Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2641




चार भन्ज्यांग तमु समाज वेलायतद्धारा आर्थिक सहयोग
चार भन्ज्यांग तमु समाज वेलायतद्धारा आर्थिक सहयोग

पर्वत– चार भन्ज्यांग तमु समाज वेलायतले यहाँका एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिका–४ मा बस्ने मिनवहादुर परियारलाई नगद ५ लाख १९ हजार ९ सय ६१ रुपैयाँ सहयोग गरेको पर्वत वेलफेर सोसाईटी यूकेका सल्लाहकार तथा चार भन्ज्यांग तमु समाज वेलायतका अध्यक्ष मेजर कृष्ण गुरुङले जानकारी दिनुभयो ।

उहाँको उपचारको निमित्त उठेको रकम हालसालै चार भन्ज्यांग तुम समाज काठमाडौका अध्यक्ष मेजर नारायण गुरुङ, कोषाध्यक्ष मेजर धनवहादुर गुरुङ र महासचिव विजय गुरुङले परियारलाई अस्पतालमा पुगेर सहयोग गरेका थिए । सहयोग गर्ने सहयोगदातालाई धन्यवाद ज्ञापन गरिएको छ ।

मिन परियारको के.मा.सी हस्पिटल सिनामंगल काठमाडौँ उपचार भईरहेको छ । लामो समयदेखी उपचारमा गराउँदै आउनु भएको परियार अहिले आई.सी.यूवाट सामान्य बेडमा स्थानान्तर गरिएको परिवार स्रोतले जनाएको छ ।

पटक–पटक अप्रेशन गर्नुपरेका कारण परिवारले सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)