Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2267




बेलायतमा थप एक पर्वतेलीको कोरोना भाइरसका कारण मृत्यु
बेलायतमा थप एक पर्वतेलीको कोरोना भाइरसका कारण मृत्यु

बेलायत– कोरोना भाइरस (कोडिभ–१९) का कारण बेलायतमा थप एक जना पर्वतेली नेपालीको मुत्यु भएको छ । ५६ बर्षिय मेखवहादुर युजालीको बुधवार अस्पतालमा निधन भएको हो । पर्वतको महाशिला गाउँपालिकामा जन्मिएर हाल बेलायतमा बसोवास गदै आएका युजाली केही दिनदेखी कोरोना भाइरसवाट संक्रमण भई उपचाररत थिए । उनको उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ ।


युजालीको निधनप्रति युजाली तमु तथा समस्थ युजाली परिवारले व्यक्त गरेको छ । यसअघि बेलायतमा पर्वतका चेतप्रसाद गुरुङको पनि कोरोना संक्रमणका कारण निधन भएको थियो । साथै युजालीको निधन प्रति पर्वत वेलफेयर सोसाईटी यूकेले पनि दुःख व्यक्त गदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)