Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2261




पर्वत समाज जापानद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वत समाज जापानद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साजन परियार–कुश्मा । पर्वत समाज जापानले कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एहिमे विश्वविद्यालयको विशेष निमन्त्रणमा जापान भ्रमणमा रहनु भएका मेयर जोशी सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा जापानमा रहेका पर्वतलेहरुले कुश्मा नगरपालिका सँगै समग्र पर्वत जिल्लाको विकासमा निर्माणको खेल्नुपर्ने भुमिकाका विषयमा छलफल गरिएको  पर्वत समाज जापान अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो । मुलुक संघीय ढाँचामा रूपान्तरण भई स्थानीय तहको निर्वाचन भएपछि स्थानीय शासनको प्रभावकारिता, विकास निर्माण, चुनौती र  प्रवासीहरुले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको अध्यक्ष जोशीले बताउनु भयो ।

मे १५ तारिक बुधवारका दिन  डबका नेपाली रेस्टुरेन्ट सिनओओकुवोमा सम्पन्न भएको कार्यक्रममा बोल्दै मेयर जोशीले पर्वत जिल्लाको विकास निर्माणमा प्रवासीले खेलेको भूमिका प्रशासनिय रहेको बताउनु भयो । उहाँले आफ्नो मातृभूमिप्रति प्रवासीहरुले देखाएको माया र सद्भावलाई आत्मसाथ गरेर अगडी बढेको बताउनु भयो । साथै उहाँले पर्वत जिल्लाको समग्र वस्तुस्थितीवारे जानकारी गराउँदै जिल्लाको विकासमा सवै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले कुश्मा नगरपालिका विकासको पथमा अगडी बढेको बताउँदै नगरको विकासका लागि प्रवासीहरु सँग सहकार्य गर्ने बताउनु भयो । कार्यक्रममा जापानमा रहेका पर्वतेहरुले जिल्लाको विकासमा प्रवासीहरुले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य राखेका थिए । 

पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका सल्लाहकार द्वय महेश श्रेष्ठ र मोहन घले, संस्थाका संरक्षक इश्वर जोशी लगायलको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन समाजका महासचिव जनक सूबेदीले गर्नुभएको थियो ।मेयर जोशी ९ गते जापान पुगेर १९ तारिख स्वदेश फिर्ता भईसक्नुभएको छ । 



सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( प्रवास)