Correspondent, ParbatNepal
8 years ago
2059
बैशाख १५ पर्वत । कुश्मा नगरपालिका वडा नं. ४ छमर्के देखि छिपछिपे कोटगाउं ग्रामीण सडकको चक्ला वन्दि गर्ने काम शूरु भएको छ । छमर्केदेखि छिछिपेकोट गाउं सम्मको भण्डै ८ किलोमिटर दुरीको ग्रामिण सडक ८ मिटर फराकिलो वन्ने भएको छ । उक्त कार्यक्रमको शुभारम्भ शुक्रबार छमर्के वाट भएको छ ।
शूभारम्भ कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदुनाथ बाँस्तोलाले ग्रामीण क्षेत्रका जनतालाई सुबिधा दिन यो सडक फलदायी बन्ने बताए । दैनिक सवारीसाधनहरु गुडिरहने यो सडकलाई स्तरउन्नती गरि यस वर्षको विनियोजित वजेट रु २५ लाख खर्च गरी राम्रो काम गरेमा आगामी वर्षको ठूला पूर्वाधार सडक तर्फ नगरपालिका वाट रु ६० लाख विनियोजनका लागी अनुरोध गर्ने वास्तोलाले जानकारी दिए ।
नगरपालिकाको मापदण्ड वमोजिम ग्रामिण सडकहरु कम्तिमा ८ मिटर फराकिलो वनाउनु पर्ने वताउँदै उहाँले नगरवाट विनियोजित रकमको सही सदुपयोग गर्नका लागी उपभोक्ता समितिलाई आग्रह गरे । उपभोक्ता समितिका अध्यक्ष मीन बहादुर रेग्मीले नगरवाट विनियोजित रकमलाई सहि सदूपयोग गर्ने वताउदै नगरको मापदण्ड वमोजिम ८ मिटर सडक निर्माण गर्ने वताए । सवै स्थानमा ८ मिटर फराकिलो वनाउनका लगाी स्थानिय जग्गादाताले सहयोग गर्ने आशा व्यक्त गरे ।
त्यसै गरि उपभोक्ता समितिका सचिव कालिका प्रसाद शर्माले सवै उपभोक्ताले बिस्वाश गरि दिएको जिम्मेवारी अनुसार नगरको मापदण्ड वमोजिम सडक विस्तार गरिने जानकारी दिए । दैनिकजसो रासनपानी ढुवानी तथा यात्रुहरु आवतजावतमा धेरै प्रयोग हुने यो सडक फराकिलो र ग्रेड नमिल्दा दुर्घटनाको जोखिम थियो । त्यसको अन्त्यका लागी नगरले वजेट विनियोजन गरेको भन्दे शर्माले त्यो समस्या समाधान भएको बताए ।
उक्त शुभारम्भ समाहरोहमा स्थानिय उपभोक्ताहरु देवनाथ शर्मा,गणेश वहादूर क्षेत्री,सन्तोष कार्की,धन वहादूर पून,लोकेन्द्र भण्डारी,चन्द्र वहादूर रेग्मी,मोहन वास्तोला लगायतको उपस्थिति रहेको थियो । स्थानिय उपभोक्ताको समन्वयमा छमर्के दखि मेसीन (डोजरको ) प्रयोग गरि सडक चक्लावन्दि गर्ने कार्य शूरु भएको छ ।
