Correspondent, ParbatNepal
8 years ago
2348
साजन परियार चैत्र ३०,पर्वत– कहिले जवानीको कुरा, कहिले आफ्नै जन्मभूमीको वर्णन, कहिले मायाप्रेमका कथा यस्तै गित गाउने पर्वते कलाकार कस्तुप पन्तले नयाँबर्षमा नयाँ गित वजारमा ल्याएका छन् । पन्तले सारथी–५ एल्बममा समावेश गरिएको‘फुल सम्झेर’ भन्ने गित बजारमा ल्याएका छन् । गायक, सर्जक र संगीतकार पन्तको यो गित गज्जव राम्रो रहेको छ ।
फुल सम्झेर दिलमा राखे
काँडा बनी घोच्न थाल्यौ
चोखो माया दिँदादिँदै
मलाई टाढा सोच्न थाल्यो ।
अव मलाई फुल्नु छैन तिम्रो स्वार्थी माया सँग
रमाउनलाई कोशिस गर्छु अव आफ्नै छायाँ सँग
पन्तले ‘फुल सम्झेर’ सार्वजानिक गरेका छन् । यूटुव च्यानेलवाट सार्वजानिक गितले छोटो समयमा दर्शक तथा श्रोताको मन जितेको छ । कस्तुप पन्तको शव्द संगितमा सजिएको यो गितमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सारथी म्युजिक प्रा.लीद्धारा बजारमा आएको गितले छोटो समयमा श्रोताको मन जित्न सफल भएको सर्जक पन्तले बताए ।
