Correspondent, ParbatNepal
8 years ago
2616
चैत २२ पर्वत । पर्वतको बिहादी गाँउपालिकाको एक बिद्यालयका शिक्षक र विव्यसका पदाधिकारीले आफ्ना छोराछोरी लाई नीजि विद्यालयमा पढाउन नपाउने भएका छन् । विहादी गाँउपालीका–४ स्थित वहाकी माध्यामिक विद्यालयको हालै सम्पन्न एक भेलाले शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगाएतले आफ््ना छोराछोरीहरुलाई निजि विद्यालयमा पढाउन नपाइने निति सर्वसहमतीले पारित गरेपछि उनीहरुले अब आफ्ना छोराछोरी लाई निजि विद्यालयमा पढाउन नपाउने भएका हुन् ।
सरकारी विद्यालय प्रति समुदायको चासो घट्दै गईरहेको वेला उक्त विद्यालयले भने जिल्लामै पहिलो पटक रचनात्मक कार्य गर्दै सरकारी विद्यालयको महत्व र गरिमालाई उच्च राख्ने प्रयास गरेको हो । पछिल्लो क्रममा सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्कीँदै गए पछि शैक्षिक गुणस्तर वृद्धिका लागि तथा शिक्षामा समान पहुँच सिर्जना गर्नका लागि विद्यालयले यस्तो निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी भट्टराइले बताउनुभयो । ‘हामीले नीजि सामुदायिक बिद्यालयको गुणस्तर तर्फ ध्यान दिनका लागि पनि यो नियम बसालेका हौँ,’ उहाँले भन्नुभयोे,‘ सरकारी बिद्यालयलाई सुधार गरे बोर्डिङ खोज्नुपर्दैन ।’
एनले वहाकी माध्यामिक विद्यालयले जिल्लामा उत्कृष्ट हुने गरि विभिन्न कार्य योजनाहरु बनाएको भन्दै अव छिट्टै ति योजनाहरु कार्यान्वयन गर्ने तर्फ विद्यालय लाग्ने बताउनुभयो । सम्पुर्ण अभिभावकहरुले सरकारी विद्यालय प्रति चासो दिएको खण्डमा निर्धारित लक्ष्य पुरा हुने विश्वास लिएको भट्टराईले बताए । यो विद्यालयमा कक्षा १ देखी कक्षा १२ सम्म हाल २५८ जना विद्यार्थी छन । यसै नयाँ शैक्षिक वर्ष देखी कक्षा १ देखी कक्षा ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न लागिएको छ ।
