Contributor, ParbatNepal
5 years ago
1540
पर्वत
। पर्वत समाज कतारले दुर्घटनामा घाइते भएका पर्वतका दुर्गा क्षत्रीलाई आर्थिक सहयोग
गरेको छ । जेठ २० गते पर्वतको अम्बोटमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका
समाजका पूर्व कोषाध्यक्ष तथा सल्लाहकार क्षत्रीलाई घरमै पुगेर ७७ हजार ६ सय रुपैया
हस्तान्तरण गरेको समाजका पूर्व महासचिव सन्तोष गुरुङले जानकारी दिनुभयो ।
पर्वत समाज कतारले कतारमा संकलन गरी पठाएको ६५ हजार ८ सय ७० र समाजमा आवद्ध भइ हाल नेपालमा रहेका व्यक्तिहरुबाट ११ हजार ७ सय ३० रुपैया संकलन गरिएको थियो । दुर्घटनामा घाइते भएका क्षेत्री केही समय पहिले कतारबाट र्फकिएर पर्वतको अम्बोटमा होटल व्यवसाय संचालन गर्दै आउनुभएको छ । समाजले समाजमा आवद्ध भएका सदस्य संगै जिल्लामा आइपर्ने प्राकृतिक प्रकोप तथा अन्य पीडित व्यक्तीहरुलाई आर्थिक सहयोग गर्दै आएको समाजका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनुभयो ।
