Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1828




पर्वतमा महिला महोत्सवको तयारी
पर्वतमा महिला महोत्सवको तयारी


रोशन तिवारी पुष २३ पर्वत -


पर्वतमा रहेको रेडियो दिदिवहिनीले पश्चिमाञ्चल स्तरिय महिला महोत्सव गर्ने तयारी थालेको छ । फागुनको दोस्रो सातादेखि दशौ पश्चिमाञ्चल महिला महोत्सव गर्ने तयारी थालेको रेडियोले जनाएको छ । १०८ आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर फागुन १६ देखि २६ गतेसम्म दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिक उत्सव मनाउन लागिएको रेडियोकी अध्यक्ष कल्पना चापागाई जोशीले जानकारी दिईन । 


आइतबार पर्वतमा आयोजना भएको पत्रकार सम्मेलनमा जोशीले उक्त जानकारी दिएकी हुन् । ११ दिनसम्म संचालन हुने उक्त महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ । 


कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ । त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने उक्त पत्रकार सम्मेलनमा  रेडियोले जनाएको छ । कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)