Correspondent, ParbatNepal
7 years ago
3994
साजन परियार, पर्वत । बहुचर्चित लोक गायक बिमलराज क्षेत्रीको विल्कुलै नयाँ गित ‘बुट्टे रुमाल’ रिलिज भएको छ । शुक्रवार साँझ रिलिज भएको गितलाई निकै चासो र चर्चाकोे रुपमा हेरिएको छ । गितले छोटो समयमै चर्चा बटुलेको निर्माण पक्षको दाबी छ ।
गायक बिमलराज क्षेत्रीको जादुमय स्वरमा सजिएको गितमा सुगम संगितकी चर्चित गायिका अन्जु पन्तले स्वर दिएकी छन् । नेपाली साँगितिक क्षेत्रमा क्रियाशिल चर्चित सर्जक एकनारायण भण्डारीको शव्द संगितमा गित बजारमा आएको हो ।
सितारा म्युजिक प्रा.लिवाट बजारमा आएको गितले साँगितिक क्षेत्रमा सफलता प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ । गायक बिमलराज क्षेत्री र सर्जक एक नारायण भण्डारीको एक दशक पछि भएको सहकार्यले पनि साँगितिक क्षेत्रमा निकै चासोको रुपमा हेरिएको छ । यस अघि कलाकार क्षेत्री र सर्जक भण्डारीले सुपारी चाम्रो बालेको गित बजारमा ल्याएका थिए । यो गित निकै भाईरल बनेको थियो । सुपारी चाम्रो बोलको गित अहिलेसम्म पनि श्रोता दर्शकको मुखमा झुण्डिएको छ । नेपाली साँगितिक क्षेत्रमा फेरी क्षेत्री र भण्डारीको सहकार्यले लोकगित संगितमा फेरी नयाँ आयाम थप्ने जानकारहरु बताउँछन् ।
गितलाई सुपारी चाम्रो–२ नाम दिईएको छ । गितको म्युजिक भिडियो पनि लोभ लाग्दो बनेको छ । गितमा चर्चित नायिक प्रियंका कार्की र गम्भीर बिष्टको दमदार अभिनय रहेको छ । गितको म्युजिक भिडियो निकै मेहेनतका साथ निर्माण गरेकाले भिडियो राम्रो बनेको निर्देशक बिष्टले बताए ।
गित सार्वजानिक भएसँगै पर्वत नेपाल अनलाईन सँग कुराकानी गदै गायक बिमलराज क्षेत्रीले बुट्टे रुमाल गितवाट धेरै आसावादी रहेको बताए । ‘मैले जिवनमा धेरै गित गाएँ, अन्य भन्दा यो गित धेरै फरक छ्, उनले भने,।’ यसअघि निकै चर्चित गित बजारमा ल्याएका गायक क्षेत्रीले यो गितले फेरी आफुलाई चर्चामा ल्याउने उनको दावी छ । गायक क्षेत्रीले गित राम्रो बनेको प्रतिक्रिया दिँदै सवैले एक पटक हेर्न र सुन्न अपिल गरे । दर्शक श्रोताले आफुलाई सँधै माया गरेको बताउँदै यस पटक पनि माया गर्ने उनको भनाई छ ।
बुट्टे रुमालको भिडियो यहाँ क्लिक गर्नुहोस् ।
