Correspondent, ParbatNepal
7 years ago
3899
पर्वत– गायक तथा सर्जक धुर्व शर्माको नयाँ गित‘मलाई देखेर’ सार्वजानिक भएको छ । म्युजिक नेपालवाट सार्वजानिक भएको गित अहिले यूटुव च्यानेलमा अत्याधिक रुचाईएको छ । उक्त गित धुर्ब शर्माले लेखेका हुन् । संगित पनि शर्माकै रहेको छ ।
पछिल्लो समयमा अत्याधिक रुचाईएका गायक कुलेन्द्र विश्वकर्मा र चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको गितले माया प्रेमको भावलाई समेटेको छ । गित सँगै म्युजिक भिडियो पनि अत्याधिक मन पराईएको निर्माण पक्षले जनाएको छ ।
आशिष म्युजिक प्रा.लिवाट बजारमा आएको गितमा जुना सुन्दास र धुर्ब शर्माले अभिनय गरेका छन् । बिक्रम चौहानले निर्देशन रहेको गितको छाँयाकन प्रकाश खड्काले गरेका छन् । भिडियोलाई बी स्टार फिल्म्स ले निर्माण गरेको हो ।
शर्माले यसअघि दशै लक्षित गित ‘साउदी कतार बाई बाई’ र ‘लुग लुग जाडो’ नामक गित बजारमा ल्याएका थिए । उक्त गितले पनि राम्रो चर्चा कमाएको थियो । तिन वटा गित नै साँस्कृतिक बजारमा राम्रो चर्चा पाएपछि गित संगितमा उनको चर्चा र व्यस्तता बढ्न थालेको छ ।
पर्वत जिल्लामा जन्मिएर लामो समय देखी संचारक्षेत्रमा क्रियाशिल रहेका शर्मा हाल गित संगितमा कमल चलाउन थालेका छन् ।
म्युजिक भिडियो हेर्न तलको लिङक क्लिक गर्नुहोस्
