Correspondent, ParbatNepal
5 years ago
1723
पर्वत जिल्लाको पैयूँ गाउँपालिका ६ डाँडाकाहुँमा भिषण आगलागी भएको छ ।
खरभिर जङ्गलमा लागेको आगाे बस्तीमा प्रवेश गरेपछि ६ वटा घर पूर्णरुपमा र ६ वटा घरमा आशिंक रुपमा तथा १५ वटा गोठमा गरी करोडौँको क्षति भएको जनाइएको छ ।
जलायेा कस्ले जलाउनेलाई थाहा हेाला आज साचिकै पिडामा छ मेरेा गाऊ
Posted by Binaya Rana on Friday, 9 April 2021
६ नं वडाका सचिव पाराश्वर सापकोटाका अनुसार आगो नियन्त्रण गर्न स्याङ्जाबाट एक टोली र पर्वततर्फबाट १ टोली घटनास्थलमा आइपुगेका थिए । उनका अनुसार आगोको मुख्य मुस्लो नियन्त्रणमा आएपनि आगौ पूर्णरुपमा नियन्त्रण भैसकेको छैन । सो आगलागीबाट जयकला सापकोटा, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, शेरप्रसाद गौतम र रेशमलाल गौतमको घर पूर्ण क्षति भएको छ भने खड्गप्रसाद गौतम, एक नारायण गौतम, उमेश गौतम, छविलाल गौतम, चोलाकान्त लगायतको घरमा आंशिक क्षति भएको हो । चौपाय तथा अन्य क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
पर्वतकाे पैयुँ गाउँपालिका ६ डाँडाकाहुमा शुक्रवार दिउँसो आगलागी भएको छ । आगलागीबाट ६ घर र ९ गोठमा क्षति पुगेको छ ।...
Posted by Bimal Sapkota on Friday, 9 April 2021
