Correspondent, ParbatNepal
7 years ago
3403
जेठ १२,
पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका यूवा नेता कुलराज पोखरेलका पिता यामप्रसाद पोखरेलको देहवासन भएको १३ औँ दिनको पुण्यतिथीमा आज सभा भएको हो ।
सभामा शोक मन्तव्य राख्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेसमा एकताको खाँचो औल्याउनुभएको छ । उहाँले कम्युनिष्ट पार्टिहरुको एकिकरणले काँग्रेसलाई एक हुन सन्देश आएको बताउँदै अब काँग्रेस एकढिक्का हुने बताउनुभयो । जोशीले कम्युनिष्टहरुले जनतालाई बाँडेका सपनाहरु बालुवाको घरजस्तै भत्किने दावी गर्नुभएको छ ।
काँग्रेसलाई संधै प्रेरणा दिने यामप्रसाद पोखरेलको देहवासनले काँग्रेसलाई ठुलो क्षती भएको नेता जोशीले बताउनुभएको छ । कार्यक्रममा पूर्व सभापति नवराज गुरुङ, जिल्ला कार्यसमिति सदस्य कुलप्रसाद उपाध्याय, स्वर्गिय यामप्रसाद पोखरेलका छोरा कुलराज पोखरेल लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस कुश्मा नगरपालिका ३ का सभापति बालकृष्ण शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेविसंघ पर्वतका उपसभापती रामचन्द्र पौडेल आरसीले गर्नुभएको थियो । यामप्रसाद पोखरेलको बैशाख ३० गते भएको थियो ।
