Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2180




कुर्घेलीहरु भेला भएर सम्पर्क समिति वनाउँदै
कुर्घेलीहरु भेला भएर सम्पर्क समिति वनाउँदै

माघ २१ पर्वत । पर्वतको फलेवास नगरपालिका १० कुर्घावाट पोखरा लेखनाथ महानगरपालिकामा वसाईसराई ,अध्ययन, नोकरी, व्यापार व्यवसाय गरि वस्ने कुर्घेलीहरुले भेला र पिकनिकको आयोजना गरेका छन् । पोखरामा पुगेका कुर्घेलीहरुलाई एकैठाउँमा भेला गराएर सम्पर्क समिति गठन गर्न भेलाको आयोजना भएको हो । 

भेला मार्फत सम्पर्क समिति निर्माण गरिने भएको छ भने पिकनिक मार्फत आत्मीयता साटासाट गर्ने योजना रहेको सम्पर्क समिति वनाउन सक्रिय यूवा सुर्यराज पौडेलले जानकारी दिए । उनका अनुसार भेला र पिकनिकमा कम्तीमा एक सय जना व्याक्तिहरु सहभागी हुने जनाइएको छ । शान्ती वन वाटिका नयाँवजार पोखरामा आगामी शनिवार माघ २७ गते भेला र पिकनिकको आयोजना गरिएको पौडेलले वताए ।  

भेलाले आगामी योजना समेत चयन हुने पौडेलले जानकारी दिए । कुर्घावाट पोखरामा सम्पर्क समिति गठन गर्ने सुचना विभिन्न माध्यमवाट प्रवाह गरेपछि अहिलेसम्म सय भन्दा वढि सम्पर्कमा आईसकेको वताइएको छ । 

तत्कालका लागि ५ जना यूवाहरु मिलेर सम्पर्क समिति गठन गर्न तदर्थ समिति वनाइएको छ । कुर्घावाट पोखरामा गएर वसोवास गरेपनि खोजतलास नहुँदा गाउँले पनि पराई जस्तो वनेपछि सम्पर्क समिति वनाएर एकत्रित हुने योजना रहेको जनाइएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)