Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2354




महाशिला गाउँपालिकामा ‘एक घर एक रोजगारी’
महाशिला गाउँपालिकामा ‘एक घर एक रोजगारी’


माघ २१ पर्वत -‘एक घर एक रोजगारी’ दिने गरि महाशिला गाउँपालिकाले कार्ययोजना तय गरेको छ । गाउँपालीकाले स्थानीय स्तरमै वेरोजगारलाई रोजगार दिन यो योजना कार्यान्वयन गरेको हो । गाउँपालिकाका ६ वटै वडाका १५ देखि ३५ वर्षका यूवाहरुलाई कार्यक्रममा समाबेश गरिने भएको छ । गाउँपालिकाका ६ सय यूवालाई स्वयंसेविको रुपमा नियुक्त गरेर मासिक ६ हजार तलव र दैनिक २५ रुपैयाँ खाजा खर्च दिएर नियुक्त गर्न लागिएको हो । वेरोजगारलाई मात्र छनौट गर्ने र एकाघरमा सरकारी जागिर खाने व्याक्ति भएमा त्यस्तालाई कार्यक्रममा समाबेश नगरिने गाउँपालिकाको योजना छ ।  

गाउँपालिकाका अध्यक्ष राजु पौडेलका अनुसार स्वयंसेवकलाई दुई महिना सीपमुलक र व्यवसायिक तालिम दिने गाउँपालिकाले जनाएको छ । उनीहरुलाई सिकर्मी, डकर्मी, दक्ष मिस्त्री, प्लम्विङ, पाईपलाईन, वाटो मर्मत, स्वास्थ्य, खेलकुद, एकेडेमी, नाच, गायन, नाटक, होटल व्यवस्थापन, शिक्षा, कृषि, परम्परागत वाँस र काठका सामाग्री वनाउने तालीम दिईने भएको छ । त्यस्तै छनौट भएका यूवालाई १ महिना सम्म कार्यमुलक अनुसन्धानमुलक कार्यमा काम गरेर उनीहरुको दक्षता निक्र्यौल गरि परिचालन गरिने जनाइएको छ । 

गाउँपालिकाले कृषि, शिक्षा, पर्यटन,स्वास्थ्य, सडक, हाउजिङ जस्ता क्षेत्रमा यूवाहरुलाई परिचालन गर्ने योजना अनुसार स्थानीय स्तरमा रोजगारी दिने यो कार्यक्रम ल्याएको जनाइएको छ । गाउँपालिकाले स्थानीय तहमा जनप्रतिनिधी आएपछिको ८ महिनामा गरेका कार्य र आगामी दिनमा गर्ने कार्यहरुको वारेमा पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष पौडेलले गाउँपालिकाले सम्पन्न गरेका कार्य र आगामी दिनमा गर्ने योजनाको वारेमा जानकारी दिए । गाउँपालिकाका अध्यक्ष पौडेलले कृषि, शिक्षा, पर्यटन र रोजगारीको क्षेत्रमा गर्ने कामको १० पृष्ठ लामो कार्ययोजना सार्वजनिक गरेका छन् । 

उनले कृषि, शिक्षा, पर्यटनका माध्यमवाट घर घरमा आर्थिक समृद्धि र रोजगारी सृजना गर्न सकिने भएकाले यि चार क्षेत्रलाई एकअर्का संग सम्वन्धित वनाएर योजना तय गरिएको वताए । कृषि अन्तर्गत तरकारी ढुवानीमा अनुदानको व्यवस्था भैसकेको छ । त्यस्तै गाउँपालीकाले टनेलको व्यवस्था गर्ने, साना सिँचाईको व्यवस्था गर्ने, निशुल्क वीउको व्यवस्था गर्ने योजना रहेको छ । 

अलैँची, लप्सी, मौरीपालन, च्याउखेती, वाख्रापालन, भैसीपालन, पाडापाडी संरक्षण जस्ता कृषि संग सम्वन्धित कार्यक्रम लाई अनुदानको व्यवस्था गरिएको छ । सुन्तला, तरकारी, कफि, लप्सी, अलैँची र चियाको पकेट क्षेत्र वनाएर कृषिको विकासमा गाउँपालिका लागिपर्ने योजना पारित भैसकेको छ । गाउँपालीकाले शिक्षाको क्षेत्रमा पनि दुरगामी योजना वनाएर लागु गरेको छ । 

यहि वर्षदेखि सबै विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भैसकेको छ । गाउँपालिकाका अध्यक्ष पौडेलका अनुसार सबै विद्यालयमा अंग्रेजी माध्यमको पढाई सञ्चालन गर्ने तयारी छ । गाउँपालीकाले ७ मिटर फराकिलो वाटो वनाउँदैछ । सबै वडामा रहेका काठेपोललाई विस्थापित गरि ४ सय वटा फलामका लागि पोल राख्ने योजना अनुसार पोल खरिद गरिएको छ । ५ वटा वडामा एक घर एक धारा पुराउने योजना रहेको छ । 

६ वटा वडा रहेको महाशिलाका सबै वडामा वडा कार्यालयको भवन वनाउने योजना समेत गाउँ कार्यपालीकाले पारित गरेको छ । ईण्टरनेटको व्यवस्था सबै वडामा पुगेको छ । व्याक्तिगत घटना अव कम्प्युटरको माध्यम मार्फत राख्ने कार्य शुरु भैसकेको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)