Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1378




लक्ष्मी जैसी तिवारीलाई इजरायल बाट प्राप्त आर्थिक सहयोग हस्तान्तरण
लक्ष्मी जैसी तिवारीलाई इजरायल बाट प्राप्त आर्थिक सहयोग हस्तान्तरण

पुष १६ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका लक्ष्मी जैसी तिवारी लाई बिदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मातृभूमीका लागि पर्वत सेवा समाज इजरायलका अध्यक्ष चन्द्रकला कुमालको पहलकदमी मार्फत प्राप्त भएको रु. ५७ हजार रुपैयाँ आज कुश्मामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । ढाड भाँचिएर पोखरा स्थित हरियोखर्क अस्पतालमा उपचाररत तिवारीलाई आर्थिक समस्या भएपछि उनको उपचारका लागि सहयोग संकलन अभियान चलिरहेको छ ।

यो अभियानमा साथ दिँदै समाजका अध्यक्ष चन्द्रकला कुमाल र उहाँका छोरा सन्दिप गाहाले १५ हजार, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति मार्फत २० हजार, मातृभूमीका लागि पर्वत सेवा समाज केन्द्र मार्फत १५ हजार, मातृभूमीका लागि पर्वत सेवा समाज ईजरायलका सचिव ज्योती शर्माको तर्फबाट ३ हजार ५ सय र पर्वत सेवा समाज ईजरायल शाखाका सल्लाहकार रमा जोशी मार्फत प्राप्त भएको ३ हजार ५ सय रुपैयाँ लक्ष्मीका श्रीमान कमल जैसी तिवारीलाई हस्तान्तरण गरिएको हो । पर्वत सेवा समाज नेपालका अध्यक्ष अर्जुन पौडेलले तिवारीलाई रकम हस्तान्तरण गर्नुभयो ।


उहाँले समाजले दुखी, गरिव, विपन्न तथा असाहायलाई अरु संस्था भन्दा चाँडो सहयोग गर्दै आएको बताउनुभयो । बिदेशमा रहेका नेपालीहरुले छाक काटेर सहयोग गरेको बताउँदै पौडेलले संस्था सामाजिक काममा संधै अग्रसर रहेको जानकारी दिनुभयो । पौडेलले सहयोगदाताहरुको तर्फबाट मेरुदण्ड भाँचिएर उपचाररत तिवारीको सिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभयो । यस्ता अभियानलाई आफ्नो संस्थालाई निरन्तर रुपमा सञ्चालन गर्दै दुखेको घाउमा मल्हम लगाउने काम गर्ने उहाँले बताउनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरी, पर्वत सेवा समाज नेपालका सदस्य गोबिन्द अधिकारी, पीडित परिवारको तर्फबाट रोशन तिवारी लगायतले बोल्नुभएको थियो ।

पर्वत सेवा समाज नेपालका उपाध्यक्ष टंक लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पर्वत सेवा समाज नेपालका सदस्य शिव अधिकारीले गर्नुभएको थियो । लक्ष्मी जैसी तिवारीको २०७७ मंसिर ७ गते रुखबाट लडेर ढाँड भाँचिएको थियो । उहाँको हरियोखर्क अस्पताल पोखरामा उपचार भैरहेको छ । उहाँलाई विभिन्न ठाउँबाट सहयोगीहरुले आर्थिक सहयोग गर्दै आएका छन् । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)