Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1389




आक्रोशित सेवाग्राहीद्धारा मालपोतमा तोडफोड
आक्रोशित सेवाग्राहीद्धारा मालपोतमा तोडफोड


पुष ४ पर्वत । मालपोत कार्यालय पर्वतमा सेवाग्राहीको काम कर्मचारीले अल्झाएपछि एक यूवाले आक्रोशित भई तोडफोड गरेका छन् । जग्गा पास गर्न आएका यूवा तीन दिन सम्म काम नभएर झुल्नुपर्दा आक्रोशित भई कार्यालयमा प्रबेश गरि तोडफोड गरेका हुन् । मालपोतमा सेवाग्राही लाई विभिन्न वाहनामा अल्झाउने र काम गर्न धाईरहनुपर्ने नयाँ रोग होईन । कर्मचारीले कागजात पुगेन भन्दै काम नगरेपछि जलजला गाउँपालिका ३ साविक माझफाँट गाविसका सुमन बहादुर खत्रीले कुर्ची, टेवुल र कम्यूटर फुटाएका छन् । कार्यालय भित्र प्रबेश गरेर उनले फर्निचर पनि तोडफोड गरेका छन् । सेवाग्राहीहरुको भीडभाड रहेको बेला उनी कर्मचारी फाँटमा आक्रोशित रुपमा प्रबेश गरि तोडफोड गरेका हुन् । 

तोडफोडमा उत्रिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयमा काम कार्य भैरहेका बेला जग्गा राजिनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन नभएको भन्दै कर्मचारीलाई थक्र्याउँदै एक्कासी तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले बताउनुभयो । 

कार्यालयभित्र हुने काम भैरहेका बेला आवेगमा आएका उनले काार्यालयका कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिन लगायतका मेसिनहरुका साथै महत्वपूर्ण कागजातहरु नष्ट भएका छन् । उनले कार्यालयमा गरेको तोडफोडको सिसिटिभी फुटेज बाहिरिएको छ । जुन भिडियो सामाजिक सन्जालमा भाईरल भएको छ । यो घटना सार्वजनिक भएपछि सर्वसाधारणहरुले कार्यालयले जनताको काम समयमै नगर्ने र घुस खान वाहना बाजी रच्ने गरेको आरेप लगाएका छन् । कर्मचारीको वेवास्ताका कारण सेवाग्राही आक्रोशित भई तोडफोड गरेको प्रतिक्रिया समाजिक सन्जालमा आएका छन् । घटना बारे थप अनुसन्धान भैरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कार्यालयमा भएको तोडफोडको भिडियो यो लिंकमा छ । 

https://www.facebook.com/messenger_media/?thread_id=3873674449340900&attachment_id=932336720629698&message_id=mid.%24gAA3DFh2HSeR8pvEO4V2dbD764Hdy
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)