Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1329




मोदीबेनीमा लास जलाउने दाउराको मुल्य बिबाद मिल्यो
मोदीबेनीमा लास जलाउने दाउराको मुल्य बिबाद मिल्यो

पुष ४ पर्वत । बागलुङ र पर्वतको सिमावर्ती क्षेत्रमा पर्ने मोदीवेनीमा सिण्डीकेट लगाई लास जलाउने दाउराको नाममा लुट मच्चाएको बिषयमा व्यापक गुनासो बढेपछि स्थानीय स्थानीय प्रशासन, कुश्मा नगरपालीका र सरोकारवालाहरुको पहलमा केही सुधारका निर्णयहरु भएका छन् ।

मोदीबेनी क्षेत्रको संरक्षण र व्यवस्थापनको लागि क्रियाशिल नृसिंह मन्दीर संरक्षण समितिको पौष २ गते बसेको बैठकले जिल्ला प्रशासनमा भएको सहमती अनुसार प्रति केजी दाउराको मुल्य १५ रुपैंयाँ कायम गरेको समितिका उपाध्यक्ष खुमराज पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार दाउरा बिक्रि गर्दा राम्ररी सुकेको र लास पोल्न योग्य दाउरा हुनुपर्ने र अनिवार्य रुपमा जोखेर बेच्नुपर्ने छ । एउटा कुनै लास पोल्न २५० देखी ३५० केजी सम्म दाउरा लाग्ने अनुमान गरिन्छ । जस अनुसार ३,७५०। देखी ५,२५०। सम्म लाग्ने गर्दछ । तर कुश्मा तर्फको घाटमा जलाउँदा प्रति लास दोव्वर मुल्य अर्थात ८ हजारको दरले असुल्दै आएका थिए । स्थानीयहरुले भने मुडिकुवा साईडमा जलाउँदा लिनेगरेको प्रति लास ३५ सय देखी ४ हजार लाई नै कायम गर्नुपर्ने माग गर्दै आएका छन् । मोदीवेनीको पारि बागलुङ तर्फको घाटमा भने प्रति लास ३ हजार देखी ३ हजार ५ सय सम्म लिने गरेको बताइएको छ । यस अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले मोदीवेनी छेउमा दाउरा र खाजा बेच्ने होटलहरुले पसल दर्ता गरी पान नं। अनिवार्य लिनुपर्ने र बिक्रि गरिने दाउरा र अन्य सामानको बिल अनिवार्य दिनुपर्ने, मन्दीर क्षेत्रमा मदिराजन्य बस्तुको बिक्रि निषेध गर्नुपर्ने, मृतकको अत्यत्येष्ठिमा गएकाहरुलाई सिण्डीकेट लगाउन नपाईने जस्ता कुराहरु तत्काल कार्यान्वय गर्न समितिलाई निर्देशन गरेको थियो । त्यसैगरी घाटमा जलाउने र गाड्ने लासको व्यवस्थापनको लागि समितिले ठाउँ तोक्ने व्यवस्था गर्ने । र दैनीक रुपमा मोदीवेनी क्षेत्रको सरसफाई गर्न समेत निर्देशन दिएको थियो । उपाध्यक्ष पराजुलीले उक्त क्षेत्रमा अझै सस्तोमा दाउरा उपलब्ध गराउन समिति लागि परेको बताउनुभएको छ । सोको लागि नयाँ बिक्रेताको समेत खोजी गरि मोदवेनीमा राखेर दाउरा बिक्रि गर्न लगाउन सकिने समितिले जनाएको छ । लास जलाउने दाउराको नाममा सिण्डीकेट लगाई चर्को लुट मच्चाए पछि अहिले कतिपय क्षेत्रवाट लास सँगै दाउरा लैजाने क्रम बढेको छ । मोदी गाउँपालीका ७ राम्जाका अध्यक्ष बसन्त गुरुङले गाउँवाट लास सँगै गाडिमा दाउरा समेत लैजाने थालनी गरेको बताउनुभयो । राम्जा जस्तै कुश्मा नगरपालीकाको खौला, पकुवा, पिपलटारी, कटुवाचौतारी र चुवाको साथै फलेवास नगरपालीकाको कार्कीनेटा, थााठाना, शंकरपोखरी र मुडिकुवावाट पनि गाउँवाटै दाउरा लैजाने तयारी गर्दै गरेको बताईको छ । अहिले मोदीवेनी घाट सम्म यातायातका साधनहरु पुग्ने र प्राय लासहरु गाडिमा ल्याईने हुनाले पनि गाउँवाटै दाउरा लैजान सहज हुने राम्जाका नारायण गौतमले बताउनुभयो । मोदीवेनी क्षेत्रमा बर्षै देखी चलाउँदै आएको सिण्डीकेट, लुट र बिकृति बिरुद्ध आवाज उठाउदै सबैसाधारणलाई ठगिनवाट जोगाउनको साथै मोदीवेनीको संरक्षको साथै उक्त क्षेत्रको बिकृति रोक्नु सबैकोे साझा जिम्मेवारी भएको उपभोक्ता मञ्च पर्वतका सचिव भवानी प्रसाद शर्माले बताउनुभएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)