Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3809




कुश्मा ७ मा कन्दमुल खेती गरिँदै
कुश्मा ७ मा कन्दमुल खेती गरिँदै


माघ १९ पर्वत । कृषिमा विभिन्न प्रविधि र अन्य बालीनालीको विकास भएसँगै हराएको कन्दमूल खेती पर्वतमा पुनः शुरु गरिएको छ । 


कुश्मा नगरपालिका– ७ खरेहामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु गरिएको हो । बजारमा तरुल, भ्याकुर, गिठा, वनतरुलजस्ता तरकारीको माग बढ्दै गएपछि कन्दमूल खेती थालिएको हो । 


चालू आर्थिक वर्षमा रु १० लाख विनियोजन गरी कन्दमूल खेती विस्तार गर्न लागिएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । कन्दमूल खेती गर्न इच्छुक किसानलाई संगठित गरी यसवर्ष ६ क्विन्टल कन्दमूलको बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।


प्रतिकृषक ५ किलोदेखि १० किलोसम्म ८० जनाभन्दा बढी कृषकलाई तरुल, वनतरुल, भ्याकुर, गिठाजस्ता कन्दमूलको बीउ वितरण गरिएको हो ।

 

सदरमुकाम कुश्मा बजारसँगै जोडिएको वडा नं ७ मा प्रशस्त पाखो बारी र खाली जमिन रहेकाले त्यसको उपयोग गरी आम्दानी गर्न सकिने देखिएपछि सो खेती शुरु गरिएको हो । एउटा कृषकले रु १ लाखदेखि रु ४ लाखसम्म आम्दानी गर्न सक्ने कुश्मा नगरपालिकाका कृषि अधिकृत सोनी राना बताउनुहुन्छ । 


बजारको समस्या नहुने कन्दमूल खेती समूहका अध्यक्ष बालकृष्ण शर्माले बताउनुभयो । अहिले रोपिएको १० किलोबाट एउटा कृषकले पहिलो वर्षमै रु १ लाखभन्दा बढी आम्दानी गर्न सक्ने उहाँले बताउनुभयो । नगरका अन्य वडा र अन्य गाउँपालिकाले समेत कन्दमूल खेती शुरु गर्ने योजना बनाएका छन् ।




सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)