Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1801




झोलुङ्गेपुलमा मोटरसाईकल गुडाउन रोक
झोलुङ्गेपुलमा मोटरसाईकल गुडाउन रोक

माघ १८, पर्वत । नेपालकै अग्लो वडागाउँ– मुडिकुवा झोलुङ्गेपुलमा मोटरसाईकल गुडाउन रोक लगाईएको छ । पुलमा मोटरसाईकल चलाउँदा पैदल यात्रुलाई समस्या भएको गुनासो आएपछि प्रसासनले मोटरसाईकल चलाउन निषेध गरेको जनाईएको छ । 

यसअघि निर्वाध रुपमा मोटरसाईकल पुलमा चल्दै आएका थिए । दैनिक रुपमा सयौँको संख्यामा मोटरसाईकल वारपार हुने गरेका थिए । फलेवास नगरपालीका, विहादी, महाशिला र पैयुँ गाउँपालीकाका वासिन्दा यो पुल हुँदै सदरमुकाम आउजाउ गर्ने गर्छन । पुल हेर्नका लागि पनि दैनिक रुपमा आन्तरिक र विदेशी पर्यटकहरु आउने गरेका छन् । 

पुलमा पैदल हिँड्ने र अवलोकन गर्न आउनेहरुलाई मोटरसाईकल चलाउँदा अप्ठ्यारो भएको गुनासो आएपछि मोटरसाईकल चलाउन रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषीराम आचार्यले वताए । ‘पुल यसैपनि वढि हल्लिने र त्यसैमाथी वाईक चलाउँदा हिँड्नेहरुलाई निकै समस्या भयो भनेर रोक लगाएका हौँ, उनले भने । उनले पुलमा प्रहरी नै परिचालन गरेर गुडाउन रोक लगाइएको वताए । 

पुलमा मोटरसाईकल गु्ड्न रोक लगाएकोमा कतिपयले राम्रो मानेका छने भने कतिपयले गलत भएको वताउँछन् । घुमाउरो वाटो गुडाएर सदरमुकाम आउजाउ गर्नेहरुलाई पुलमा वाईक चलाउन रोक लगाउँदा १ घण्टाको दुरी गुडाएर सदरमुकाम आउजाउ गर्नुपर्ने वाध्यता परेको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)