Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1453
आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने
साउन
२९, पर्वत । आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने भएको छ । गृह
मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने
गरी गाडीको पास वितरण नगर्न निर्देशन दिएको हो ।
योसँगै
अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयका प्रवक्ता
चक्रबहादुर बुढाले जानकारी दिनुभयो । उहाँकाअनुसार कोरोनाको संक्रमण बढ्दै गएकाले जिल्ला
स्तरका पास वितरणमा रोक लगाइएको हो ।
यसअघि सरकारले अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्को जिल्ला जानको लागि गाडीको पास वितरण गर्दै आएको थियो । तर अब अत्यावश्यकबाहेकका लागि गाडीको पास बन्द भएको गृह मन्त्रालयले जनाएको हो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2638
सम्बन्धित समाचार ( मुख्य खबर)
