Correspondent, ParbatNepal
5 years ago
1233
२६ साउन, पर्वत । पर्वतमा समूदाय स्तरमा कोरोना नफैलिएको पाईएको छ । समूदाय स्तरमा कोरोनाको स्थितीका बारेमा कम्यूनिटी स्क्रिनिङ अन्तर्गत कुश्माका केहि किराना पसल, औषधी पसल, होटल, शैलुन, वर्कशप, पत्रकार लगायतको कोरोना परिक्षण गरिँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
४० जना समूदायमा घुलमिल भैरहने व्याक्तिको स्वाव संकलन गरि पोखरा स्थित प्रयोगशालामा परिक्षण गरिएको हो । कुश्मा नगरपालिकाको समन्वयमा कुश्माका विभिन्न क्षेत्रका व्याक्तिहरुको कोरोना परिक्षण भएको हो । नगरप्रमुख रामचन्द्र जोशीले समूदायमा कोरोना नपुगेको यो नतिजाले स्पष्ट पारेको बताउनुभयो ।
उहाँले अहिले केहि व्याक्तिमा कोरोना नदेखिँदैमा समूदायमा कोरोना पुगेको छैन भनेर ढुक्क हुने स्थिती भने नरहेको बताउनुभयो । अझै पनि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, वाहिरी जिल्लाहरुमा जाँदा बिशेष ध्यान दिने हो भने पर्वतलाई कोरोना बाट सुरक्षित राख्न सकिने जोशीले बताउनुभएको छ ।
पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले पर्वतमा समूदायमा
कोरोना नफैलिनुमा नागरिक सचेतना नै मूख्य जिम्मेवार रहेको बताउनुभयो । कोरोना सबैको
प्रयासले नियन्त्रण गर्न सकिने भन्दै डा. देवकोटाले पर्वत जिल्ला केहि दिनमा कोरोनामुक्त
हुने विश्वासमा रहेको बताउनुभएको छ ।
