Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1191




पर्वत अस्पतालमा शुरु भएको डायलासिस सेवाको मुख्यमन्त्री गुरुङ्गद्धारा उद्घाटन
पर्वत अस्पतालमा शुरु भएको डायलासिस सेवाको मुख्यमन्त्री गुरुङ्गद्धारा उद्घाटन

२५ साउन, पर्वत जिल्ला अस्पवताल पर्वतमा शुरु भएको निशुल्क डायलासिस सेवाको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले आज उद्घाटन गर्नुभयो सेवा शुरु भए संगै मृगौलाका बिरामीले डायलासिस गराउन पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको पर्वत अस्पतालमा दैनिक जनाले तत्काल डायलासिस सेवा लिन सक्ने गरि सेवा शुरु गरिएको

 

डायलसिस सेवा सुरु गर्न वटा मेसिन जडान गरिएको एक महिना सम्म पहिलो सिफ्टमा जनालाई सेवा दिन सक्ने जनशक्ति थप भएमा १८ जनालाई सेवा दिन सकिने पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो डायलसिस सेन्टरमा जना मेडिकल अफिसर, स्टाफ नर्स, जना प्राविधिक छन्

 

 पर्वतमा अस्पतालमा डायलसिस मेसिन जडान गर्न गण्डकी सरकारले करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो भने प्रतिनिधीसभाका सदस्य पदम गिरीले स्थानिय पुर्वाधार बिकास कार्यक्रम मार्फत जेनेरेटर खरिद गर्नका लागि १५ लाख उपलब्ध गराउनुभएको थियो मुख्यमन्त्री गुरुङ्गले हेमो डायलासिस सेवाको उद्घाटन गर्दै प्रदेश सरकारले स्वास्थ्य सेवालाई आधारभूत तहको जनताको पहुँचमा पु¥याउने गरि काम गरिरहेको भन्नुभयो उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको सेवालाई प्रभाबकारी बनाउन जनशक्ति ब्यबस्थपन भौतिक पुर्वाधार बिकासका लागि काम गरिरहेको भन्नुभयो

 

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वत जिल्लामा स्वास्थ्य सेवा आधारभूत जनताको पहुँचमा पु¥याउन गण्डकी प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो उहाँले आफुँले पनि डायलासिस सेवा सुरु गर्न स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम मार्फत सहयोग गरेको बताउनुभयो

 

गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेस सरकारले जनता सरकारी अस्पतालमा आउँदा निराश भएर फर्कन नपर्ने गरि सेवा पुर्वाधार बिकासको काम गरिरहेको भन्नुभयो

पर्वत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटा सञ्चालन स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले गर्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)