Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1201




नेपाल लाइफ कुश्माको परिचय तथा सम्मान कार्यक्रम सम्पन्न
नेपाल लाइफ कुश्माको परिचय तथा सम्मान कार्यक्रम सम्पन्न

पर्वत । विमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्स प्रालि कुश्मा उपशाखाले आफ्ना एजेन्सी म्यानेजर, बिजनेश कोअर्डिनेटर र अभिकर्ताहरुको बीचमा परिचय तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको कुश्मा उपशाखाबाट गत आर्थिक बर्षमा राम्रो ब्यवसाय गर्न सफल अभिकर्तालाई सम्मानसंगै कम्पनिमा आबद्द हुन आउने नयाँ अभिकर्तालाई तालिम संचालन गरेको हो ।


अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै कुस्मा शाखाका प्रमुख तथा प्रशिक्षक ज्ञानु कुँवरले जीवनमा हुने जोखिमको भार कम गर्न जीवन बिमा महत्वपूर्ण रहेको बताउँदै सुरक्षित र भरपर्दो संस्था नेपाल लाइफ इन्स्योरेन्समा बिमा गर्न र गराउन आग्रह गर्नुभयो । उहाँले विमा क्षेत्रमा काम गर्दा अभिकर्ताहरुले प्रयाप्त आम्दानी गर्न सक्ने तथा सर्वसाधारणलाई जोखिमबाट हुने भारलाई कम गराउन समेत मद्दत पुग्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल लाईफका सिनियर एजेन्सी म्यानेजर रामशरण पोखरेल, घनश्याम रिजाल, एजेन्सी म्यानेजर शंकर गिरि, पेशागत बिमा अभिकर्ता संघ कुश्माका अध्यक्ष सरस्वती गिरि, अभिकर्ता चिरञ्जीवी रिजाल, देबि भुसाल, तारा पराजुली, दिनेश तिवारी, कबिराज बस्नेत, सुशील पौडेल र सन्तोष रिजाल लागायतले मन्तव्य राखेका थिए ।


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कुश्मा उपशाखाका एजेन्सी म्यानेजर देबि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कुश्मा उपशाखाका कर्मचारी प्रमिसा थापा र संचालन साबित्रा पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)