Correspondent, ParbatNepal
5 years ago
2553
२५, पर्वत । विपीको बिचार, नेपाली काँग्रेसले अगाँल्दै आएको प्रजातान्त्रिक बिचार र समाजबादको विषयमा वहष, पैरवी र अध्ययनका लागि पर्वतमा समाजबाद अध्ययन प्रतिष्ठान गठन भएको छ । पर्वतका सात वटै स्थानीय तहका यूवा प्रतिनिधी आज कुश्मामा भेला भएर तदर्थ समिति गठन गरेका हुन् । प्रतिष्ठानको अध्यक्षमा राजु प्रसाद आचार्य चयन हुनुभएको छ ।
उपाध्यक्षमा निर्दोष लामिछाने, सचिवमा राजिव रिमाल, सहसचिवमा ठाकुर रसाईली , कोषाध्यक्षमा मूना शर्मा लामिछाने रहनुभएको छ । सदस्यहरुमा सुरेन्द्र केसी, दिपेन्द्र जंग लामिछाने, सन्तोष पाठक, याम परियार शिव, साजन परियार, नविन जिसी, शिशिर शर्मा पौडेल, सविता पौडेल, गिता गिरी र जानकी प्रधान रहनुभएको छ । नेपाली काँग्रेसमा आबद्ध नेता तथा कार्यकर्ताहरुमा अध्ययनमा चासो बढाउन, समाजबाद र प्रजातान्त्रिक बिचारलाई फैलाउन, विपीको विचार के हो, काँग्रेसले अगांलेको बिचार के हो लगायतका विषयमा प्रतिष्ठानले बिचारगोष्ठी, प्रशिक्षण र छलफल चलाउने भएको छ ।
प्रजातान्त्रिक बिचारका बारेमा अध्ययन गर्ने पुस्तक समेत रहने गरि एक पुस्तकालय स्थापना गर्ने देखि सामाजिक सन्जाल मार्फत समेत विचारलाई प्रचार गर्ने प्रतिष्ठानको उदेश्य रहेको अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । आज कुश्मामा भेला भएका नेपाली काँग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संस्थामा आबद्ध भएका यूवाहरुको भेला डाँकेर यो समिति बनाएर काम थालिएको आचार्यले बताउनुभयो ।
