Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1257




ट्याक्टर दुर्घटनामा मृत्यु भएका नेपालीको परिवारलाई १ लाख आर्थिक सहयोग
ट्याक्टर दुर्घटनामा मृत्यु भएका नेपालीको परिवारलाई १ लाख आर्थिक सहयोग

२५ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिकामा सामाजिक सेवामा सक्रिय पार्वती युवा क्लवले केहि दिन अघि ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएका युवाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

पर्वतको मोदी गाउँपालिका – ६ तिलाहार स्थित रातमाटामा भएको ट्याक्टर दुर्घटनामा परि क्लवका सदस्य तथा भलिवल खेलाडी मोदी–५ का २१ वर्षिय बिजय नेपालीको ज्यान गएको थियो । उनि ट्याक्टरको सह(चालकको रुपमा कार्यरत रहेका थिए ।क्लवले पिडित परिवारको घरमै पुगेर पाँचौ दिनको पुण्य तिथिमा शोक सभा समेत आयोजना गर्दै सहयोग रकम हस्तान्तरण गरेको हो । शनिवार मृतकको घरमै पुगेर क्लवले रु १ लाख रुपैया आर्थिक सहयोग हस्न्तान्तरण गरेको जनाएको छ ।

 

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले उक्त रकम पिडित परिवारलाई हस्नतान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले बिजय नेपाली एउटा कुशल खेलाडी र सामाजिक युवा भएको स्मरण गर्दै उनको निधनले समाजलाई ठुलो नोक्सानी पुगेको बताउनुभयो । बिजय नेपालीलाई क्लवले सँधै स्मरण गर्दै उनका सपनाहरुलाई साकार पार्नका लागि थप सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल रहन अध्यक्ष पौडेलले आग्रह गर्नुभयो । उहाँले शोक सन्तप्त परिवारजनमा समवेदना समेत दिनुभएको थियो ।

 

कार्यक्रममा पार्वती युवा क्लवका अध्यक्ष समिर मल्लले बिजयलाई अल्पायुमै गुमाउनुपरेको बताउँदै उहाँको निधनले क्लव तथा सिङ्गो खेलकुद क्षेत्रमा अपुरणिय क्षति पुगेको बताउनुभयो । बिजय नेपाली अब क्लवमा नरहेपनि उनको योगदानलाई सँधै स्मरण गरिने बताउँदै अध्यक्ष मल्लले शोकको घडिमा परिवारजनलाई थोरै भएपनि राहत मिलोस भनेर रु १ लाख सहयोग गरिएको बताउनुभयो ।शोक सभाको संचालन क्लवका सचिब विज्ञान हमालले गर्नुभएको थियो । क्वले विभिन्न पर्वहरुमा मेला समेत आयोजना गर्दै आएको छ भने सामाजिक सेवामा समेत सक्रिय रहेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)