Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1258




पर्वत धाईरिङका पहिरो पीडितलाई त्रिपाल र चामल
पर्वत धाईरिङका पहिरो पीडितलाई  त्रिपाल र चामल

पर्वत । पर्वतको जलजला गाउँपालिका – ७ धाईरिङका पहिरो पीडितलाई ‘म्याग्दी युवा आवाज ले सहयोग गरेको छ । युवाहरुको समुह ‘म्याग्दी युवा आवाजले अभियान्ता खेम केसीमार्फत पहिरो पीडित १५ परिवारलाई सहयोग गरेको हो ।


पहिरो गएको क्षेत्रमा स्थलगत अवलोकनका लागि पुगेका अभियान्ताहरुले पीडितलाई प्रतिपरिवार १ थान त्रिपाल र १ बोरा चामल सहयोग गरेका हुन् । साथै, सवै परिवारलाई पुग्नेगरी ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष टुंगनाथ शर्माले बताए ।


म्याग्दीमा कार्यरत सहयोग संकलन अभियानका संयोजक खेम केसीले जन्म र कर्मथलोमा एकैपटक संकट आईलागेको भन्दै सहयोग अभियान चलाएको बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)