Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1256




अविस्मरणीय यात्रा
अविस्मरणीय यात्रा

झझल्को अनयासै आउने रहेछ

हृदय मन मुटु मस्तिष्कमा अमीट भएर बस्नेलेनै

सम्झना दिलाउँदो रहेछ

जिन्दगीको खास कुरानै अमुल्य हुँदो रहेछ

आखिर जिन्दगी पनि एउटा यात्रा रहेछ।

 

वर्शौ पहिले तिमीले मैले

भर्खर वैँशले छोएको बेला

गोधुली साँझ तनले तन मनले मनको स्पर्श गरेको

चौतारीमा

आज बर्शौ पछी धकारो मेट्न ठुस्स बस्दा

ढुङ्गाले जिस्कायो

जिस्कायो बुढो ढल्के स्वामीले

पनि जस्तै एक्लै भैछस भनेर

एकल यात्रीको परिभाषा आफैंमा भेटियो

 

यही गोरेटो भएर हजारौं मान्छेहरु ओहोरदोहोर गर्छन्

सुस्केरा हाल्छन मेरै काखमा बसेर

मेरो समिप्यमा तेरो काखमा लम्पसार परी

मुसुक्क मुस्कुराउदै यो पिपलुको स्वामी

हजुर मेरो स्वामी भन्ने खै रु

चौतारीले भन्यो, झसङ्ग भएँ

अनुत्तरीत भएँ

यो कस्तो यात्रा

 

झझल्को आयो पुरानो अतितको

नागढुङ्गा साची राखेर लगाएको मीतको

त्यो प्रहर मेरो हार तिम्रो जितको

लाग्यो सवै ढुङ्गाहरु नागढुङ्गा नहुदा रहेछन

घन्टेको चौतारी भएर

तिमी दौँतरी भएर

तिम्रो चल्ने देब्रे हातले

कस्तो कस्तो बैशको मातले

मेरो दाहिने हात च्याप्प समातेर परसम्म बिस्तारै ओराली लाग्दा भेट्टाएको खुशी

आज दौडेर पनि एक्लै कसरी भेट्टाउनू रु

 

तिम्रा पैतालाहरुले स्पर्श गरेको

यही गोरेटोको दायाँबायाँका बुट्यानहरु

तिमिलाइ खै भनेर सोधिरहे

के जवाफ दिउँरु

तिमिलेनै मलाई छोडेर गएपछि

पराइको घुम्टो ओढेर गएपछि

तिमी हुर्कदा कार्बनडाइअक्साइड लिएर हुर्केका

ठुला सालहरुले एक्लै देखेर

साले भनेर गिज्जाइरहे

चुपचाप घायल मनलाई समाल्ह्न सकी नसकी

अगाडि बढीरहे

मनको तिमिलाइ सम्झिरहे

तिमिसङ्ग गरेका कैयन यात्राहरु।

 

गिज्याइरह्यो यताउता परीवेशले

कुनै यात्रा कस्तो अविस्मरणीय हुँदो रहेछ

खै तिमिलाइ याद छैन प्रिय

मलाई भेट्नकै लागि तिमी

घाँस काट्न ,स्कुल जान,वजार जान कहिले ट्युसन जाने निहुँमा घरबाट निस्कन्थ्यौ

जुन ठाउमा तिमी अनि भएर गरेका जिन्दगीका अनेकौं यात्राहरु उत्तीकै अमीर छन

 

आज खण्डहर लाग्यो प्रेमील बस्ती पनि

तल फेदीमा उर्लने कालीको बगर लाग्यो त्यो मस्ती पनि

भिरपाखाहरु

कहिले सम्म जन्माइरहन्छस शहरिया यात्राका मनहरुरु

यो दिलमा उनी बसेर मेरा परेलीहरु झरेझै

झरना तँ कुइदाङ फाँटको दिलमा बसेर कहिलेसम्म झरिरहन्छस डिलबाट निरन्तर ?

तेरो पनि एउटा यात्रा नै होला।

यात्रा सवैले गर्नुपर्छ त्यो आकाश यो धर्ती रहेसम्म

यात्राको पनि यात्रा हुँदो रहेछ

मान्छेका हरेक यात्राहरु अविस्मरणीय हुँदा रहेछन् 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)