Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1433




डायलासिस सेवालाई प्रभावकारी बनाउन सहयोग गर्ने–नगरप्रमुख जोशी
डायलासिस सेवालाई प्रभावकारी बनाउन सहयोग गर्ने–नगरप्रमुख जोशी

पर्वत पर्वत अस्पतालमा शुरु भएको डायलासिस सेवा शुरु भएकोमा सेवालाई प्रभावकारी बनाउन कुश्मा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबवद्धता जनाएको

कुश्मा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित जनप्रतिनिधीहरु पुगेर सेवाको प्रभावकारीतामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो नगरपालिकाको समन्वयमा प्रदेश सरकारले डायलासिस सेवा सञ्चालन गर्न सहयोग गरेकोमा नगरप्रमुख रामचन्द्र जोशीले प्रदेश सरकारलाई आभार व्यक्त गर्नुभएको भने अस्पताल विकास समितिलाई प्रभावकारी सेवा सञ्चालन गर्न अनुरोध गर्नुभएको


जोशीले जिल्ला अस्पताल पर्वतमा डायलासिस सेवा शुरु गर्न नगरपालिकाले निति तथा कार्यक्रममा समावेश गरिएको बताउँदै निशुल्क रुपमा सेवा सञ्चालन गर्न आवश्यक आर्थिक, भौतिक प्राविधिक सहयोग गर्नुपर्ने नगरपालिकाको दायित्व रहेको भन्दै त्यसमा कुनै कसुर बाँकी नरहने बताउनुभयो जनस्वास्थ्यको रक्षाका लागि नगरपालिका जिम्मेवार रहेको भन्दै उहाँले पर्वत अस्पतालको सेवालाई आगामी दिनमा थप प्रभावकारी बनाउन जनप्रतिनिधीहरु लागिपर्ने जनाउनुभयो मेसिनरी सामग्रीको अवस्था, समस्या समाधानका विषयमा अस्पताल व्यवस्थापन समिति कर्मचारीहरुले नगरप्रमुख जोशी उपप्रमुख सीता काफ्ले लामिछाने सँग छलफल गरेका थिए


उपप्रमुख लामिछानेले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार रहेको कुरा उल्लेख गर्दै पर्वत अस्पतालले दिने सबै सेवामा नागरिकहरुको कुनै पनि असन्तुष्टि नआओस भन्ने चाहना रहेको बताउनुभयो उहाँले अब डायालासिस गर्न लाखौँ खर्चिनुपर्ने बाध्यता अन्त्य भएकोमा पनि खुशी व्यक्त गर्नुभएको छलफलमा सहभागीहरुले डायलाइसिस सेवा शुचारु गर्नका लागि कुश्मा नगरपालिकाले महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद वयक्त गरे


अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले हाल अस्पतालमा सञ्चालन भैरहेका सेवासुविधाको बारेमा जानकारी दिनुभयो उहाँले कुश्मा नगरपालिकाले अस्पतालको सेवा भौतिक पूर्वाधार विकासमा गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो पर्वत अस्पतालका प्रमुख डा= शिशिर देवकोटा, बिर अस्पताल काठमाडौँकी डायलासिस इन्चार्ज इन्दिरा गैरे,अस्पताल विकास समितिका सदस्य सोमबहादुर जिसी, डा. मानव तिवारी लगायतले कार्यक्रममा बोल्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)