Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1728




कालीगण्डकीको डरलाग्दो गहिरो खोंचमा स्काइ साइक्लिङ
कालीगण्डकीको डरलाग्दो गहिरो खोंचमा स्काइ साइक्लिङ

पर्वत क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा विश्वकै अग्लो लामो स्काइ साइक्लिङ बनाएको दाबी गरेको छ। स्टिल कोर केबल प्रयोग गरी स्काइ साइक्लिङ तयार गरिएको कम्पनीले जनाएको छ। बाग्लुङको बलेवा पर्वतको कुश्माबीच कालीगण्डकी खोंचमा निर्माण गरिएको स्काइ साइक्लिङको उचाई दुई सय २८ मिटर भने लम्बाई तीन सय मिटर छ।

 

दुई तर्फी तीन सय मिटर लम्बाइ रहेको रूटमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लिङ तयार गरिएको सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए। साइक्लिङका लागि आवश्यक साइकल अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए।

 

साइकल यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुदाइन्छ। विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको नेपालकै नमुना पिङ समेत निर्माण गरेको दाबी गरेको कम्पनीले सो क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।न्यूज डवलीबाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)