Correspondent, ParbatNepal
5 years ago
1239
१६
साउन, पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा मास्क नलगाउनेलाई कडाई गर्न शुरु भएको छ
। प्रहरीले बिहिवार बिहानै देखि सबैलाई मास्क लगाउन अनुरोध गर्दै माईकिङ गरेको थियो
भने दिनभर बजारमा मास्क नलगाई हिँड्नेलाई रोकेर सम्झाएर पठाएको छ ।
स्याङजामा
कोरोना संक्रमण बढ्दै गएको र छिमेकी जिल्ला बागलुङ र कास्कीमा संक्रमित बढेपछि पर्वतमा
प्रहरीले मास्क अनिवार्य गर्न थालेको छ । आज दिनभरि लोकतान्त्रिक चोकमा खटिएका प्रहरीले
मास्क नलगाई हिँडेका ७२ जनालाई सडकमै रोकेर प्रशिक्षण दिएको छ । प्रतिष्ठित भनिएका
व्याक्तिले समेत मास्क नलगाई हिँडेको समेत पाईएको प्रहरीले जनाएको छ ।
प्रहरी
नायव उपरिक्षक विश्वराज अधिकारीले मास्क नलगाई हिँड्नेलाई आज सम्झाईबुझाई गरेको भएपनि
अटेर गर्नेलाई कारवाही हुने बताउनुभएको छ । कोरोनाबाट जोगिनुपर्छ भन्ने थाहा हुँदाहुँदै
कतिपयले गोजीमा मास्क बोकेपनि मुखमा नलगाएको पाईएको अधिकारीले बताउनुभयो ।
प्रहरीले मास्क किन्न नसक्नेलाई आँफै वितरण गरेको थियो भने किन्न सक्नेहरुलाई नजिकैको पसल बाट किन्न भनेर लगाउन अनुरोध गरेको थियो । प्रहरीले अनुगमनका क्रममा कतिपयले मास्क चिउँडोमा मात्रै लगाउने गरेको भन्दै पुरै नाकमुख छोपिने गरि लगाउन अनुरोध गरेको छ ।
प्रहरीले कुश्माबजारमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन सर्बसाधारणलाई अनुरोध गरेको छ ।
