Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1222




विश्वकै लामो दाबी पाङ–बागलुङ झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला
विश्वकै लामो दाबी पाङ–बागलुङ झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला

साउन १५, पर्वत बागलुङ पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदी माथि निर्माण थालिएको विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सञ्चालन साउन १६ गते शुक्रबार देखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड१९० कारण नेपालमा चैत्र ११ गते देखि भएको लकडाउनका कारण अन्य विकास निर्माण कार्य ठप्प भएको सन्र्दभमा लामो झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमै सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन

 

निर्माण सम्पन्न भएको तीन महिना बिति सक्दा समेत सञ्चालनमा नआउदा सर्वसाधरणले गुनासो आलोचना गर्दै आएका थिए बागलुङ नगरपालिका रामरेखा देखि कुश्मा नगरपालिका अदुवाबारी जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हाल सम्म सञ्चालनमा आएको थिएन लकडाउन हटे सँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न थालेको पुल हस्तान्तरण प्रक्रिया शुरु भएको बागलुङ पर्वत जिल्लाले पुल शुक्रबार देखि खोल्ने भएका हुन् पुल सञ्चालनमा आए पछि दुई जिल्लाका मात्रै नभएर बागलुङ पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरुलाई समेत यस पुलले आकर्षित गर्नेछ

 

ठेक्का सम्झौता भन्दा तीन महिना अघिनै पुल निर्माण कार्य सकिएको थियो पुल हस्तान्तरण नहुदाँ तीन महिना देखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी÷बिएलटी÷हिमशिखर कन्ट्रक्सनका आधिकारीक प्रतिनिध नरहरी खड्काले जानकारी दिनुभयो हामीले लकडाउनमा समेत पुल निर्माण कार्य रोकेनौं खड्काले भन्नुभयो वैशाखको सुरुमै निर्माण सकिएको पुल वैशाख गते हस्तान्तरणको तयारीमा थियौं, लकडाउनले समस्या ल्यायो, अब पुल हस्तान्तरण गर्न थालेका छौं, तर कार्यालयले शुक्रबार देख िपुल खोल्न भनेको खड्काका अनुसार झोलुङ्गे खुल्ला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको नगरपालिकाले यसको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकाय मार्फत पहल थालेको

 

सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर ४९८ मिटर भन्दा बढी हाल सम्म निर्माण नभएको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिनुभयो २०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथीबाट लठ्ठा तान्दा समय लागेको थियो निर्माण कम्पनीले पर्वत बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरि चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो

 

२०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको थियो पहिलो पटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चूनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको उक्त निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीहरुमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाई पुलको एक साथ ६१२ जना अर्थात ८५ मेट्रिक टन क्षमता रहेको यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको पुलबाट एक घण्टा बढी पैदल यात्रा बाट पुग्न सकिने पाङ १० मिनेटमै पुग्न सकिनेछ बि।स २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन

 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष पहलमा रु।४० लाखमा लठ्ठा तान्ने औजार चिनबाट खरिद गर्न अर्थमन्त्रालयले स्विकृति दिए पछि पुल निर्माण थालिएको थियो अत्याधुनिक उपकरणबाट पुलका लठ्ठा तानेको नेपालमा पहिलो पटक हो सस्पेन्सन वृज डिभिजन कार्यालयले सय मिटर भन्दा लामो पुल निर्माण गर्दा अब देखि यही औजारको सहायता लिनेछ अहिले सम्म नेपालमा हजार सय बढी झोलुङ्गे पुल छन् शुरुमा रु।१२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु।६ करोड ९१ लाखमा सम्झौता भएको थियो ।उक्त समचार हामीले आर्दश संचारवाट साभार गरेका हौँ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)