Correspondent, ParbatNepal
8 years ago
1893
रोशन तिवारी माघ १६ पर्वत -नेपाल दलित संघ जिल्ला कार्य समिति पर्वतले नेपाल दलित संघका केन्द्रिय अध्यक्ष तथा नेपाल सरकारका वाणिज्य मन्त्री मिन विश्वकर्मालाई स्वागत तथा सम्मान गरेको छ । वाणिज्य मन्त्री मिन विश्वकर्माले दलित समुदायको उत्थानको निमित्त नेपाली काँग्रेसले प्रमुख भूमिका खेलेको बताउनु भएको छ ।
नेपाली काँग्रेसले दलितहरुको उत्थान र अधिकारको लागि राज्यको तर्फबाट आयोग देखि विभिन्न उत्थान कार्यालयहरु स्थापना गरि काम गरेको बताउनु भयो । मन्त्री विश्वकर्माले परम्परागत पेशालाई स्थापति र स्थायित्व दिनको लागि व्यवसायीक करमा छुट दिने नीति ल्याउने उल्लेख गर्नुभयो ।
उहाँले नेपाली काँग्रेसले दलितलाई आर्थिक, समाजीक र राजनीतिमा स्थापति गर्नको लागि पार्टीले नेतृत्वदायी भूमिका खेलेको प्रष्ट पार्नुभयो । कार्यक्रममा नेपाल दलित संघ सभापति यामवहादुर परियार‘शिव’ ले दलित उत्थानको निम्त्ति अधिकारको साथ साथै क्षमता अभिवृद्धि गर्नु पर्नेमा कुरामा जोड दिनुभयो ।
उहाँले नेपाली काँग्रेसको राजनीतिक इतिहासमा दलित समुदायको पनि महत्वपूर्ण भूमिका रहेपनि नेपाली काँग्रेस पर्वतले दलितहरुलाई उपेक्षा गरेको आरोप लगाउनु भयो । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति खिमप्रसाद भुषाल लगायत विभिन्न नेताहरुको सहभागिता रहेको थियो ।
