Correspondent, ParbatNepal
5 years ago
1616
पर्वत । नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला कार्य समिति पर्वतले पूर्णता पाएको छ । यसअघि अध्यक्ष, उपाध्याक्ष, सचिव र सह–सचिव चयन गरेको समितिले आज पूर्णता पाएको हो ।
अध्यक्ष डाक्टर चुडामणि शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानीय तहका प्रजातन्त्रप्रेमी महानुभावलाई समटेर समितिलाई पूर्णता दिएको जनाएको छ । समितिले प्रबक्तामा धन बहादुर थापा (फलेवास), कोषाध्यक्षमा पार्बती भुसाल क्षेत्रि (फलेवास), र सदस्यहरुमा गुणाखर न्यौपाने (बिहादी), विषम श्रेस्ठ (कुस्मा), पर्शुराम पुरी (कुश्मा), , ध्रुब प्रसाद सुवेदी (कुश्मा), रुद्रलाल उपाध्याय (जलजला), महेश कुमार शर्मा (मोदि), बिष्णु कुमारी सापकोटा गौतम (कुश्मा), हिरालाल रेग्मी (जलजला), नुन प्रसाद गुरुङ्ग (महाशिला), लिलाधर गौंडेल (फलेवास), सीता न्यौपाने (पैयुं), मिना कुमारि बानिया केसि (कुश्मा), गिता शर्मा (कुश्मा), कृष्ण लामिछाने (मोदि), श्याम बहादुर नेपाली (महाशिला), निर्मला पराजुली चंपाई (बिहादी) र सबिता सुवेदी पौडेल -कुश्मा_ लाई चयन गरेको नेपाल प्रजातान्त्रिक महासंघ पर्वतका सहसचिव शेषराज सुवेदीले पर्वत नेपाललाई जानकारी दिनुभयो ।
समितिले नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेर पार्टी संगठनलाई बलियो र सजग बनाउन मद्दत पु¥याउने सुवेदीको भनाई छ ।
