Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1271




बिहादी : धानको गाभा कुहीन थालेपछि कृषक चिन्तीत
बिहादी : धानको गाभा कुहीन थालेपछि  कृषक चिन्तीत

१४ साउन, पर्वत धान रोपेको एक साता मै गाभा कुहीन थालेपछि पर्वतको विहादीका कृषकहरु चिन्तीत बनेका छन उन्नत जातको धानमा यस्तो समस्या देखिएको किसानहरु बताउँछन्

 

किसानहरुले रोपेको ६४४४ हाईब्रिड जातको धानमा हिस्पा नामक खपटे किराले गाभा खाईदिने गरेका कारण रोपो कुहीएको जानकारी दिएका छन् राम्रो उत्पादन दिने भन्दै लगाएको धानमा रोपेको एक साता मै किरा लागेर धानको रोपो कुहीने मर्ने समस्या देखा परेको कृषक ऋषिराम भुसालले बताउनुभयो यस वर्ष लगातार मकैमा फौजि किरा सलह लगायतको प्रकोप बढीरहेको वेला भ्रखर रोपेको धानमा समेत हिप्सा किरा देखा परेपछि समाधानको उचित उपायको खोजि गरेको भुसालले बताउनुभयो

 

अहीले विहादी मात्र नभई पैयुँका विभिन्न फाँटहरुमा समेत रोगको फैलावट भएको कारण धेरै उत्पादन हुने जिल्लाको उत्पादक क्षेत्रका किसानहरु मर्कामा परेका हुन धान पकेट क्षेत्र समेत रहेको यस क्षेत्रमा धानमा देखीएको समस्याको समाधानको लागि दक्ष प्राविधिकको समेत अभाव हुँदा समस्या समाधान नभएको हो गाउँ पालिकाका अध्यक्ष कमल प्रसाद भुसालले गाउँ पालिकामा धान रोप्व्ने क्रम जारी रहेको अवस्था मै किराको प्रकोप बढेका कारण निरास हुनु परेको बताए

 

किसानहरु उन्नत जातमा अग्रसर भई राख्दा रोग किराको प्रकोप बढन थालेपछि अहीले सयौं किसान निरास हुनु पर्ने अवस्था आएको भुसालले बताए विहादी गाउँ पालिकाका पिलुवा टिमुरे ,लिमसीङमा सयौँ रोपानीमा लगाएको धानखेतीमा किराको प्रकोप बढेको गाउँ पालिकामा दक्ष कृषि प्राविधीकको अभाब कारण पनि समस्या सुमाधान हुन नसेकको गाउँपालिकाले जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)