Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2072




यूवाले सम्झिए शहिदको योगदान
यूवाले सम्झिए शहिदको योगदान


रोशन तिवारी माघ १६ पर्वत - लोकतान्त्रिक आन्दोलन २०६२÷६३ का एकमात्र शहिद गोविन्दनाथ शर्मालाई यहाँका यूवाले शहिद दिवशमा सम्झिएका छन् । मंगलवार सदरमुकाम कुश्माको लोकतान्त्रिक चोकमा जम्मा भएका यूवाहरुले शहिदको शालिकमा माल्यार्पण गरे भने शहिदको योगदानको बारेमा वोले । एकता यूवा क्लवले कार्यक्रमको आयोजना गरि शहिदलाई सम्झिएको हो । 


कार्यक्रममा वोल्ने वक्ताहरुले शहिदको योगदानलाई राज्यले कदर गर्न नसकेको वताए । देश र जनताको मुक्तिका लागि लड्ने व्याक्ति कहिल्यै व्याक्तिगत स्वार्थमा नलागेको तर राज्य भने जस्तालाई पनि शहिद घोषणा गरेर शहिदहरुको अपमान गर्न उद्धत रहेको वक्ताहरुले वताए । कार्यक्रममा वोल्दै शिक्षाविद् एवं एकता यूवा क्लवका संस्थापक सल्लाहकार वसन्तवहादुर सिकेले शहिदलाई सम्मान गर्ने संस्कार हराउन थालेकोमा चिन्ता व्यक्त गरे । 


कार्यक्रममा शेरवहादुर आचार्य, कमलनाथ पोख्रेल, अच्यूत तिवारीले पनि वोलेका थिए । उनीहरुले पनि शहिदको सम्झना मात्रै नगरेर उनीहरुका सपना पुरा गर्नुपर्नेमा जोड दिए । एकता यूवा क्लवका अध्यक्ष नरेन्द्रवहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोकुल चापागाईले गरेका थिए । उक्त कार्यक्रममा सदरमुकामका सयौँ यूवाहरुको सहभागिता थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)