Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2271




देउपुरमा स्वास्थ्य चौकी निर्माण मापदण्ड बिपरित भएको भन्दै स्थानीयद्धारा छानविनको माग
देउपुरमा स्वास्थ्य चौकी निर्माण मापदण्ड बिपरित भएको भन्दै स्थानीयद्धारा छानविनको माग

पर्वत । पर्वतको मोदी गाउँपालिका २ देउपुरमा निर्माणाधिन स्वास्थ्यचौकीको भवन मापदण्ड बिपरित निर्माण भैरहेको भन्दै स्थानीयले छानविनको माग गरेका छन् ।

निर्माणमा स्टिमेट अनुसार नबनेको, भूकम्प प्रतिरोधी मापदण्ड पुरा नभएको र बजेट सक्ने हतारोमा गाउँपालिकाबाट उपभोक्ता समितिले गलत प्रतिबेदन बुझाएर भुक्तानी लिएको स्थानीयले गुनासो गरेका छन् । नेपाली काँग्रेस पार्टिको नेतृत्वमा भवन निर्माणको क्रममा भएको गलत कामको अध्ययन गर्न माग गरिएको छ । चालु वर्षमा ३७ लाख ३० हजार रुपैयाँ बजेट समिति मार्फत काम भएको थियो ।

 

तल्लो हात्तिपाईले पछि टाईविम बनाउनुपर्ने तल्लो तहमा पहरो परेको भनेर रड नहालेको पाईएको छ । कामदारले गुनासो गरेपछि यस्तो गलत तथ्य सार्वजनिक भएको हो । नेपाली काँग्रेस मोदी गाउँपालिकाका संयोजक जीवनाथ तिमिल्सीनाले मापदण्ड विपरित काम भएको भन्दै छानविनको माग गरिएको बताउनुभयो । स्थानीयको माग अनुसार गाउँपालिकाले प्राविधिक सहितको छानविन समिति बनाएको छ ।

 

वडाध्यक्ष विकास तिमिल्सीनाले समिति बनाएर अनुगमन गरि ३ दिन भित्र प्रतिबेदन दिन भनिएको जानकारी दिनुभयो । उहाँले प्राविधिकहरुको सल्लाह अनुसार बाँकी प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभयो । असार महिनामा निर्माण शुरु भएको भवनको छत ढलान गरेर सकिएको छ । स्वास्थ्यचौकीको प्राविधिकहरुले नियमित अनुगमन गरेपनि निर्माणको क्रममा भएको लापरवाहिको बारेमा भने पत्ता लगाउन सकेका थिएनन् । प्राविधिक जाँच नगरिकनै चालुवर्ष गाउँपालिकाले उपभोक्ता समितिलाई २३ लाख रुपैयाँ भुक्तानी दिईसकेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)