Correspondent, ParbatNepal
5 years ago
1283
साउन ९, पर्वत । पर्वतका सामाजिक शैक्षिक तथा राजनैतिक ब्याक्तित्व स्वर्गीय टिका बहादुर प्रसाईंको नवौं स्मृति दिवस विभिन्न सामाजिक कार्यक्रम गरि बिहिवार सम्पन्न भएको छ । स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा पर्वत अस्पतालले सुरु गरेको बिपन्न उपाचार कोषमा २१ हजार रुपैयाँ साथै जिल्लामा रहेका गरिब बिपन्न तथा अस्पतालमा उपचार गराइ रहेका १० जना दीर्घ रोगीहरुलाइ जनही १० हजार रुपैयाँ त्यस्तै अन्य विभिन्न संघसंस्थालाइ गरी झन्डै २ लाख बराबरको आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङले स्वर्गीय टिका बहादुर प्रसाईंले समाजमा दिएको योगदानका बारेमा चर्चा गर्दै प्रसाईंले समाजमा गरेका कामहरुको प्रसंसा गर्नुभयो । सांसद गुरुङले स्वर्गीय टीकाबहादुर प्रसाईंसंग आफ्नो राजनीतिक जिवनमा संगैसंगै सहयात्रा गरेको स्मरण गर्दै प्रसाईं एक नैतिकवान सरल सहयोगी इमान्दार ब्यक्ति रहेको बताउनुभयो । त्यस्तै गुरुङले उहाँले गरेको कामप्रती समर्पित हुँदै परिवारले प्रतिस्ठानको स्थापना गरि विभिन्न सेवा र सामाजिक काम मार्फत प्रसाईंलाई संधै जिवन्त राख्ने काम गरेकोमा प्रसंसा तथा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले टिकावहादुर प्रसाई जस्ता सामाजिक व्याक्तित्वले देखाएको आदर्शको बाटो आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति नवराज गुरुङ , नेपाल कम्युनिस्ट पार्टीका नेता मेगनाथ सुवेदी, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा , मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेल, नेपाली कांग्रेसका महासमिति सदस्य बसन्त बहादुर सिके, जिल्ला बिकास समिती पर्वतका पुर्व उपसभापती राम शर्मा पौडेल, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडी, पर्वत बार इकाईका अध्यक्ष चन्द्र बहादुर क्षेत्री, ब्रह्माकुमारी इश्वरीय विश्व बिधालय कुश्माका संचालिका राधिका दिदि, लोकतान्त्रिक गैह्र सरकारी संस्था पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्री, नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा
स्वागत तथा टिका बहादुर प्रसाईंका बारेमा प्रकाश प्रतिष्ठानका अध्यक्ष विश्व प्रकाश
प्रसाईंले गर्नुभएको थियो त्यस्तै स्वर्गीय प्रसाईंका धर्मपत्नी जोगमाया प्रसाईंले
धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव नारायण
प्रसाद प्रसाईंले गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल शैक्षिक सामाजिक
राजनीतिक तथा धार्मिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती थियो ।
