Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1642




फेसबुकमा भ्रमक भिडियो पोष्ट गर्ने व्यक्तिलाई खोजी गदै पर्वत प्रहरी
फेसबुकमा भ्रमक  भिडियो पोष्ट गर्ने व्यक्तिलाई खोजी गदै पर्वत प्रहरी

साउन , पर्वत पर्वतको मोदी गाउँपालिका वडा नं. देउपुरमा बाढि आएर घरहरु बगाएको भन्ने नक्कली भिडियो पोष्ट गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी थालेको

अन्यत्र कुनै ठाउँको भिडियोलाई पर्वतको देउपुर स्थित मैदानमा ठुलो बाढि आएको विभिन्न घरहरु जोखिममा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भाईरल भएको थियो

पर्वतको देउपुर त्यस्तो कुनैपनि बाढिको जोखिममा नभएकोले उक्त अनर्गल प्रचारका पछाडि नलाग्न जिल्ला प्रहरी कार्यालय पर्वतले अनुरोध गरेको

प्राकृतिक विपत्ति जस्तो संवेदनशिल कुरामा भ्रामक झुट्टा फैलाउने खालका सामाग्रीहरु दिई त्रास फैलाउने काम गरेको भन्दै त्यस्ता व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको

प्रहरीले उक्त भ्रामक भिडियो सामाग्रीको विश्वास नगर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)