Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2153




पर्वतको चित्रे प्रदेश ४ कै पहिलो वालमैत्री वडा
पर्वतको चित्रे प्रदेश ४ कै पहिलो वालमैत्री वडा



रोशन तिवारी माघ १५ पर्वत - पर्वतको मोदी गाउँपालीका ८ चित्रे प्रदेश नं ४ कै पहिलो वालमैत्री वडा घोषणा भएको छ । चित्रेलाई सोमवार एक समारोहका वीच प्रदेशको पहिलो वालमैत्री वडा घोषणा गरिएको हो । वि.सं. २०६७ साल मंसिर १७ गते देखि वालमैत्री अवधारणाको अभियान थालिएको ७ वर्ष पछि वडालाई वालमैत्री वनाउन सफल भएकोमा स्थानीय खुशी छन् । 

वालवालीको वाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको आधिकार ३६ वटा विभिन्न अधिकारहरुको ग्यारेण्टी भएको सुनिश्चित भएपछि वडालाई वालमैत्री घोषणा गरिएको वडाध्यक्ष सुकवहादुर गुरुङले वताए । उनका अनुसार ४०७ घरधुरीका ३९५ जना वालवालीकाले सबै अधिकारको उपभोग गरेको र सरोकारवालाहरु सबैले वालवालीकाको अधिकारलाई व्यवहारमा उतारेपछि वालमैत्री वडा घोषणा गरिएको हो । 

२ हजार २ सय २३ जनसंख्या रहेको चित्रेमा राजनीतिक दल, जनप्रतिनिधी, विद्यालय, आमा समूह, यूवा क्लव, वाल क्लव, होमस्टे समूह लगायतले सामुहिक प्रतिवद्धता गरि गाउँलाई वालमैत्री कायम गरिरहने वाचा गरेका छन् । 

वालमैत्री वडा घोषणा गर्न जिल्ला समन्वय समिति, जिल्ला प्रसासन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय, स्वास्थ्य कार्यालय, महिला वालवालीका कार्यालय, प्लान नेपाल लगायतका संघ संस्थाले आर्थिक र प्राविधिक सहयोग गरेका छन् । ति निकायले वेलावेलामा प्रशिक्षण, सहजीकरण, अनुगमन जस्ता कार्य गरेर अभियानलाई सार्थक वनाएको वडाध्यक्ष गुरुङले वताए । 

चित्रेले वालमैत्री शासन कार्यान्वयन गर्न ९२ लाखको पञ्चवर्षिय योजना तय गरेको छ । मोदी गाउँपालीकाले पूजीँगत वजेटको १० प्रतिशत वजेट वालमैत्री शासनको कार्यान्वयनमा खर्च गर्ने योजना समेत पारित गरेको छ । गाउँपालीकाले आफैँ वालमैत्री कार्यविधी तयार गरेर सबै ८ वटै वडालाई अवको पाँच वर्षभित्र वालमैत्री वडा घोषणा गर्ने तयारी गरेको गाउँपालीका अध्यक्ष प्रेमशर्मा पौडेलले जानकारी दिए । २०६९ पुष ८ गते खुल्ला दिशामुक्त घोषणा भएको चित्रे २०७१ जेठ २० गते पूर्ण खोपयुक्त वनेको थियो । २०७१ मदौ ७ गते पूर्ण साक्षर भएको यो गाउँ धुवाँमुक्त गाउँ वन्ने तयारीमा छ । पर्वतकै पहिलो पर्यटकिय गाउँ वनेको चित्रे अभियान थालिनी गर्ने अगुवा गाउँको नामले चर्चित छ ।

प्रतिनिधी सभा सदस्य पदम गिरीले उक्त वडालाई पहिलो वालमैत्री भएको घोषणा गरे । उनले वडा घोषणा संगै यसलाई दिगो रुपमा लैजान आग्रह गरे । वालमैत्री शासनको अभ्यास आजको आवश्यकता रहेकोमा जोड दिँदै गिरीले वालवालीकालाई अहिल्यैदेखी शासनको प्रत्याभूती दिँदा भविष्यमा यसले सकरात्मक नतिजा दिने दावी गरे । प्रदेशसभा साँसद नेत्रनाथ अधिकारीले जिल्लामा आवधिक योजना वनाएर अव विकास र सामाजिक योजना अगाडी वढाउनुपर्ने वताए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)