Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1297




पर्वतमा आज थप २ जना संक्रमीत थपिए, कुल संख्या ९८ पुग्यो, ९० जना निको भए
पर्वतमा आज थप २ जना संक्रमीत थपिए, कुल संख्या ९८ पुग्यो, ९० जना निको भए

पर्वत । पर्वत जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परिक्षणमा मोदी गाउँपालिकाका एक जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।


संक्रमण पुष्टि भएकामा मोदी गाउँपालिका ४ क्याङका २५ बर्षिय पुरुष र मोदी गाउँपालिका २ देउपुरकी २१ बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय पर्वतका तथ्याँक अधिकृत तथा सिसिएमसी पर्वतका प्रबक्ता प्रबिण भण्डारीले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि भएका पुरुष क्वारेन्टाईनमा बसीरहेका छन भने महिला संक्रमित महिलाको आफन्त रहेको र घरमै बसीरहेकी छिन।


उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भैरहेको भण्डारीले जानकारी दिए। पर्वतमा हाल ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ९० जना निको भएर घर फर्किसकेका छन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)