Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1218




पुष्पलाल स्मृति दिवसमा मोदीबेणीमा सरसफाई र बृद्धाश्रममा खाद्यन्न बितरण
पुष्पलाल स्मृति दिवसमा मोदीबेणीमा सरसफाई र बृद्धाश्रममा खाद्यन्न बितरण

पर्बत, साउन  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस पर्बतमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको नेपाल कम्यूनिष्ट पार्टी पर्बतले मोदिबेनी बृद्धाश्रममा रहेका बिभिन्न बृद्धबृद्धाहरुलाई खाद्यन्न बितरण तथा राष्ट्रिय युवासंघ पर्बतको अगुवाईमा सरसफाईको कार्यक्रमको आयोजना गरि मनाईएको हो युवासंघले कुश्माको बडागाउँदेखि मोदीबेणी धाम सम्म पुग्ने बाटोको सम्पुर्ण फोहोर सरसफाई गरेको राष्ट्रिय युवासंघ पर्बतका संयोजक थमनारायण पौडेलले बताउनुभयो धामजाने बाटोका सिढिहरु सरसफाई गर्न झण्डै घण्टा लागेको थियो माथिदेखि तलसम्मको सबै फोहोरलाई एकै ठाउँमा संकलन गरी जलाईएको हो स्मृति दिवसमा सभा गोष्ठी गरेर मात्र मनाउनुको कुनै अर्थ नभएको भन्दै रचनात्मक काम गर्दा उत्तम हुने भएकोले प्रसिद्ध धार्मिक क्षेत्र जानेबाटो सफाई गरिएको पौडेलले बताउनुभयो सरसफाई अभियानमा राष्ट्रिय युवासंघ पर्बतका प्रतिनिधि तथा सर्वसाधारणको सहभागीता रहेको युवासंघका नेता अर्जन पौडेल निर्जनले जानकारी दिनुभयो

यसैबिच नेपाल कम्यूनिष्ट पार्टी पर्बतले मोदिबेनी बृद्धाश्रममा रहेका बिभिन्न बृद्धबृद्धाहरुलाई खाद्यन्न बितरण कार्यक्रम गरी संस्थापक महासचिव पुष्पलाललाई सम्झिएको थियो खाद्यन्न बितरण कार्यक्रम पछि बोल्दै नेकपा केन्द्रीय सदस्य गुप्तबहादुर हमालले समृद्ध नेपालको परिकल्पना सहित पुष्पलालले अघि सारेको विचार तथा आदर्शलाई आत्मसात गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो पुष्पलालको विचारलेनै मुलुकमा वहुदलिय व्यवस्था स्थापना हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँका वाँकी सपना पुरा गर्न समाजवादको यात्रा तह गर्नुपर्ने उहाँको भनाई थियो कार्यक्रममा उपस्थित प्रदेश कमिटी सदस्य देबेन्द्र पाण्डे, मेघनाथ सुवेदी नेकपा पर्बतका पार्टि सचिब सुदिप कुवर, जिल्ला सचिवालय सदस्य शिव पौडेल, गोबिन्द पहाडी लगायतले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदान अतुलनिय रहेको चर्चा गरेका थिए कार्यक्रममा कुश्मा नगर कमिटि अध्यक्ष शंकर गिरी, जलजला गाउँपालिकाका नेकपाका ईन्चार्ज दिपक आचार्य, तारा पराजुली शिबलाल सार्की लगायतको उपस्थिति रहेको थियो


 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)