Correspondent, ParbatNepal
5 years ago
1239
साउन ७, पर्वत । पर्वतमा सार्वजानिक यातयातका साधन ल्याउने तयारी थालिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पर्वतमा बिहीबारदेखि सञ्चालन गरिने भएको हो ।
धौलागिरी गण्डकी यातायात संघ प्रा.लिले आज काउण्टर खोलेर भोलीवाट सवारी साधन संचालनमा ल्याउन जनाएको छ । प्रालिका अध्यक्ष उमेश केसीका अनुसार आधा यात्रुका लागि टिकट उपलब्ध हुने र साविकको भाडा दरमा ५० प्रतिशत भाडा बृद्धि गर्ने छ ।
यात्रा गर्दा माक्र्स, सेनिटाइजर अनिवार्य गरी सामाजिक दुरी भने कायम गरिने उनको भनाई छ । ।पर्वतको कुश्मा तथा बागलुङ देखि देशका विभिन्न ठाउँमा लामो दुरीका सवारी साधनहरु सञ्चालन हुँदै आएका छन् ।
मुख्य गरी काठमाण्डौं, काकडभित्ता, विरगंज, चितवन, बुटवल, सुनौलि, कोठियाघाट लगाएतका ठाउँहरुमा बागलुङ र पर्वतको कुश्मा देखि सवारी साधनहरु छु्ट्ने गर्दछन् ।
