Correspondent, ParbatNepal
5 years ago
1216
पर्वत, साउन ६ । राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय पुर्व सैनिक संगठन पर्वतले बिदेशी सरकारहरुबाट निबृत्तिभरण पेन्सन पाईरहेका भूतपुर्व सैनिकहरुलाई सामजिक सुरक्षा भत्ता कटौती नगर्न सरकार संग माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै संगठनले यस अघि खाईपाई आएको सामाजिक सुरक्षाभत्ता दिन माग गरेको हो ।
संगठन
पर्वतका अध्यक्ष बिष्णु पुनले बुझाएको ४ बुँदे ज्ञापनपत्रमा बिदेशी सरकारबाट नियमित
सामाजिक सुरक्षा भत्ता पाइरहेका भुतपुर्ब सैनिकलाई सामजिक सुरक्षा भत्ता नदिने गृह
मन्त्रालयको निर्णयले अनागरिक सरह बनाएको उल्लेख गर्दै गोर्खा सैनिकको आत्मस्वाभिमानमा चोट
पु¥याएको बताइएको छ । ज्ञापनपत्रमा सरकारले उक्त निर्णय खारेज गरि यस अघि जसरी नै सामाजिक
सुरक्षाभत्ता दिन माग गरेको छ ।
