Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1363
पर्वतमा बर्षाका कारण कारागार भत्कियो, महिला बन्दीको व्यवस्थापनमा समस्या
पर्वत । दुईदिन देखीको बर्षाले पर्वत कारागारमा भत्किएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो ।
पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको उहाँको भनाई छ । महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन । उनीहरुलाई बागलुङ वा म्याग्दीमा लैजाने तयारी भईरहेको छ ।
ति ठाउँमा पनि ठाउँ नभए अन्यत्र पनि लान सकिने प्रजिअ रेग्मीले पर्वत नेपाललाई जानकारी दिनुभयो । पर्वत कारागारका सबै संरचना जीर्ण भएका छन । कारागारमा महिला बन्दी गृह बनाउन शुरु गरिएपछि बजेट अभाबमा एक दशक देखि अलपत्र छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
