Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3772




चुलोचौको संगै होजियारी उद्योग सञ्चालन
चुलोचौको संगै होजियारी उद्योग सञ्चालन


रोशन तिवारी माघ १५ पर्वत - फलेवास नगरपालीका ४ रुग्दीकी अनुपा सापकोटालाई आजभोली वोल्ने सम्मको फुर्सद छैन । आफुले सिकेको सीपको सदुपयोग गरेर होजियारी उद्योग सञ्चालन गरेपछि सापकोटा वेफुर्सदी वनेकी हुन् । उनले होजियारी उद्योग खोलेपछि राम्रै आम्दानी पनि गरेकी छिन् । परिवारको रेखदेख संगै उनले दिनभरि उद्योगमा काम गर्छिन । आफ्नै लगानीमा दुई वटा मेशिन किनेर विगत ३ महिनादेखि उनले उद्योग सञ्चालन गरेकी हुन् । 

उनीको धागोवाट उनले स्विटर, गलवन्दि, टोपी,पन्जु ,सुरुवाल, सल, टप्स, लेगिज जस्ता तयारी पोशाक उत्पादन गरेर विक्री गर्छिन । जाडो मौसममा यस्ता पोशाकको माग राम्रो रहेकाले उनलाई राम्रो आम्दानी प्राप्त हुने गरेको हो । 

कुश्मावजारमा उनले एउटा सटर भाडामा लिएर उद्योग सञ्चालन गरेकी छिन् । मैले काठमाण्डौमा केहि दिन सीप सिके र पछि ३५ दिन घरमै प्रशिक्षक मगाएर तालीम लिएँ, उनले भनिन्,’ तालीम लिएपछि पोशाक वनाउन सिकेँ ।’ सापकोटाले सिकेको सीप खेर फाल्न हुँदैन भन्ने सोचेर होजियारी मेशिन खरिद गर्ने योजना वनाईन । ‘वैँकवाट ऋण लिएर ७२ हजारमा सेकेण्ड हेण्ड मेशिन किनेँ, उनले भनिन्,’ मेशिन केहि दिन गाउँमै राखेर काम गर्न थालेँ गाउँमा वजारको समस्या हुने भएकाले सदरमुकाममा झरेकी हुँ ।’ अहिले सदरमुकाम झरेपछि वजार लिन थालेको सापकोटाले वताईन । 

सदरमुकाममा रहेका वोर्डिङ स्कुलका पोशाक तयार गर्दै गरेको वेला शुक्रवार उद्योगमा भेट भएकी उनले दैनिक ७ वटा स्विटर तयार पार्ने अनुभव सुनाईन । उमेरले २७ बर्षकी उनले यहाँका केहि फेन्सी पसलवाट पनि माग आउन थालेको वताईन । ‘विद्यालय र फेन्सी पसल भन्दा फुटकर रुपमा वढि अर्डर आउने गरेको छ,‘अहिले आदर्श वोर्डिङ स्कुलको अर्डर पु¥याउन व्यस्त छु’ उनले भनिन् । उनका श्रीमानले पनि काममा सघाउने गरेका छन् । दुबै जना लघु उद्यम विकास कार्यक्रममा कर्मचारी भएर केहि वर्ष काम गरेका थिए । त्यतिवेला नै होजियारी उद्योगको फाईदावारे जानकारी पाएपछि उद्योग खोल्ने सोचले अहिले आएर उद्योग खोल्न सफल भएको अनुपाले वताईन । ‘श्रीमान अहिले पनि जागिर गर्नुहुन्छ फुसृदमा मलाई सघाउनुहुन्छ, उनले भनिन् । 

लघुउद्यम कार्यक्रम सञ्चालन गर्दै आएको घरेलु तथा साना उद्योग विकास समितिले पनि उनलाई तालिम दिन वोलाउने गरेको छ । तालिम दिए वापत पनि उनले अतिरिक्त आम्दानी गर्ने गरेकी छिन् । मासिक आम्दानी १ लाख ३० हजार रुपैयाँ कमाई हुने गरेकोे उनले वताईन । कच्चापदार्थ खरिदमा करिव ७० हजार खर्च हुने गरेको छ । 

सीप भएर पनि यत्तिकै वेरोजगार वस्ने महिलाहरुलाई उनले सफल उद्यमी वनेर गतिलो पाठ सिकाईरहेकी छिन् । धेरैजसो महिलाहरु श्रीमान विदेश गएपछि सदरमुकाममा कोठा भाडामा लिएर त्यत्तिकै समय खेर फालिरहेका छन् । उनी त्यस्ता महिलालाई सीप सिकेर व्यवसाय सञ्चालन गर्न सुझाव दिन्छिन् । ‘मैले पनि छोराछोरी पढाईरहेकी छु, एउटा छोरा काखमा च्यापेर काम गरेरहेकी छु, उनले भनिन्, फुर्सद भन्नेकुरा आफैँले मिलाउने हो ।’ 

उद्योग सञ्चालन गरेर कमाई गर्न थालेपछि घरखर्चीको कुनै समस्या छैन । केहि सामान किन्नुपरेमा श्रीमानको भर पर्नुपर्दैन वरु दुबैको खर्च समेत चलाउन सहज भएको छ । उनले चलाएको उद्योगलाई थप विस्तार गर्ने सोचमा रहेको वताईन । श्रीमान शंकर सापकोटाले अस्थाई जागिर गर्छन । उनले श्रीमानलाई जागिर छोडेर यहि पेशामा व्यस्त वनाउन चाहन्छिन । ‘म जस्तै अरु महिला दिदिवहिनीले चाहेमा पनि सीप सिकाउन तयार छु उनले भनिन्,‘ सिकेको सीप अरुलाई पनि हस्तान्तरण गर्न म तयार छु ।’ 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)