Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1431
पर्वतमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकको मृत्यु
साउन ६, पर्वत । पौडी खेल्ने क्रममा खोलामा डुबेर पर्वतमा एक युवाको ज्यान गएको छ । पर्वतको फलेवास नगरपालिका–९ भँगरा स्थित कालोखोमा पौडी खेल्ने क्रममा डुबेर सोही स्थानका २४ बर्षिय राजन पौडेल क्षेत्रीको मृत्यु भएको हो ।
सोमबार दिउँसो घरबाट निस्केका क्षेत्री पौडी खेल्ने क्रममा कालोखोलामा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो । पौडी खेल्ने क्रममा डुबेका उनलाई सोमबार साझनै प्रहरीले जिल्ला अस्पताल ल्याएको थियो ।
अहिले उनको शब पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईने डिएसपि अधिकारीले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
