Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1246




पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत – बागलुङ खण्ड अबरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत – बागलुङ खण्ड अबरुद्ध

साउन ६, पर्वत । अबिरल बर्षाका कारण सडकमा ठुलो ढुंगा खसेपछि मध्यपहाडी लोकमार्गको पर्वत – बागलुङ खण्ड अबरुद्ध भएको छ ।

लोकमार्गमा पर्ने पर्वतको कुस्मा नगरपालिका २ खुर्कोटमा सडकमा ठुलो ढुंगा खसेपछि सोमबार राती ११ बजे देखि सडक अबरुद्ध भएको हो ।

सडकमा खसेको ढुंगालाई स्काभेटरको सहायताले हटाउन नसकिएको र ब्रेकरको सहायताले फुटाल्नुपर्ने अबस्था रहेकाले केही समय लाग्ने देखिएको छ । ढुंगा फोडेर सडक सुचारु गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)