Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1186




नेपालमा अझै पाँच दिन भारी वर्षा हुने
नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

साउन ५, पर्वत । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको हो । विभागले प्रदेशएक, प्रदेशदुइ, बागमती, गण्डकी, प्रदेश पाँच र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिनुभयो ।


पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा त्योे भन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर दुइ सय मिलिलिटर पुग्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको महानिर्देशक वैद्यले बताउनुभयो । उहाँका अनुसार साउन नौ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।


वर्षात नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)